रणनीतिक सडक अन्तरगत फराकिलो बाह्यी चक्रपथ निर्माण गर्दै भीमदत्त नगरपालिका

रणनीतिक सडक अन्तरगत फराकिलो बाह्यी चक्रपथ निर्माण गर्दै भीमदत्त नगरपालिका

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • डम्मर राज भट्ट

  • 9.6K
    SHARES

कञ्चनपुर, २० जेठ
कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाह्यी चक्र्रपथ सडक निर्माण गरिरहेको छ । नगरपालिकाले रणनीतिक सडक अन्र्तरगत १८ मिटर चौडाईको ८४ किलोमिटर लामो सडक निर्माण गर्न लागेको हो । १९ वडा रहेको भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्षदेखि चक्र्रपथ सडक स्तरोन्नती शुरु गरेको छ ।
उत्तर चुरे, पुर्व बेदकोट नगर, पश्चिम महाकाली नदी र दक्षिण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएको नगरपालिकाले कतै कालोपत्रे कतै ट्याक खोल्ने काम शुरु गरेको छ । ऐतिहासिक ब्रम्हदेबलाई जिरो प्वाईन्ट मानेर नगरपालिकाले कालोपत्रे कार्य शुरु गरेको भीमदत्त नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिका कार्यालयका ईन्जिनियर हिमालय ऐरीले ९ ब्रम्हदेबदेखि तीन सय मिटर कालोपत्रे, १९ बागफाँटादेखि १५ गोबरैयाम्म ६.३० किलोमिटर, भीनपा २ भाँसीदेखि उल्टाखामसम्म ६ किलोमिटर ट्याक खोल्ने र भीनपा १४ बनकट्टी क्षेत्रमा किलोमिटर सडक कालोपत्रे भईरहेको बताए । उनका अनुसार ब्रम्हदेबदेखि तिलकेनीसम्म ३ सय मिटर सडक कालोपत्रे गरिने छ । कुल १८ मिटर सडकमा ७ मिटर कालोपत्रे गरिने छ । ‘दुवैतर्फ डेढ डेढ मिटरको नाली निर्माण गछौँ, ‘उनले भने, ‘दुवैतर्फ ४.५०/४.५० मिटर खाली राख्छौँ त्यो भविष्यका लागि हो ।’ तीन सय मिटर कालोपत्रे सडक निर्माणका लागि सन्नीदेव निर्माण सेवासग ५ करोड ६६ लाख रुपैयामा सम्झौता भएको छ । कम्पनीसंग एक बर्षभित्रै निर्माण गरिसक्ने सम्झौता भएको छ । यस्तै भीमदत्त नगरपालिकाले भीनपा २भाँसीदेखि उल्टाखामसम्म ६ किलोमिटर ट्याक खोल्ने काम पनि शुरुवात गरेको छ । भीमदत्त नगरपालिकाकै बाह्यी चक्र्रपथ अन्र्तरगत भीनपा १९ बाँगफाँटादेखि १५ खैरभट्टीसम्म ६।३० किलोमिटर सकडक विस्तार भईरहेको छ । कुल १० करोडमा उक्त सडक निर्माण हुन लागेको हो ।
सघन शहरी विकास योजना अन्र्तरगत भीमदत्त नगरपालिका १४ बनकट्टी क्षेत्रमा ८ किलोमिटर सडक कालोपत्रे भईरहेको छ ।


मंगलबार भीमदत्त नगरको बाह्य चक्र्रपथ सडकको ब्रम्हदेबमा मेयर सुरेन्द्र विष्टले सडक शिलान्यायस गर्दै उक्त सडक रणनीति भएको बताए । मेयर विष्टका अनुसार १९ वटैलाई समेट्ने गरि धार्मिक, पर्यटकिय, साँस्कृतिक, आर्थिक विकास र यातायात एव पूर्वाधारको विकासका लागि बाह्य चक्रपथको अवधारणा आएको बताए । बाह्य सडक निर्माण हुन थालेपछि सन्नीदेव निर्माण सेवा प्रालिका संचालक देविदत्त भट्टले सम्झौता अनुसारै काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । पहिलो पटक नगरपालिकालाई भित्र राखेर बाह्य चक्रपथ निर्माणले विकासको गति ल्याउने स्थानीय एव जनप्रतिनिधीले बताएका छन् । गाउँमै फराकिलो सडक विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।


स्थानीय अमर चन्दले विकासका लागि सडक भएकाले सडकले थुप्रै आयाम बोकेको बताए । ‘यस अघि हाम्रो यहाँ सडक थिएन, ‘उनले भने, ‘आवत जावत गर्न समस्या थियो, अहिले टरेको छ ।’ बाह्य चक्र्रपथ सडक निर्माणले स्थानीयको जनजिवनमा समेत बृद्धि हुने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ