आमा नुहाउन गएको मौका छोपी नवलपरासीमा चार वर्षीय बालिकालाई बलात्कार

आमा नुहाउन गएको मौका छोपी नवलपरासीमा चार वर्षीय बालिकालाई बलात्कार

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • रबिन्द्र यादव

  • 9.7K
    SHARES

२० जेठ, नवलपरासी पश्चिम । नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।

सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले बताएका छन् ।

बालिकाको आमाले आफुले नुहाइरहेको समयमा आइतबार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्।

बालिका रुनसाथ सो स्थानसम्म आमा पुग्दा सहानी घरबाट फरार भइसकेका थिए ।

छोरी रोइरहेको अवस्थामा फकाउदा फुलाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा आफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चौकी उपचारका लागि लगेका हुन ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले बालिकाको अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।

सो घट्नाबारे वडा अध्यक्ष छोटेलाल यादवले थाहा पाउनसाथ गोबरहिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गोबरहिया र जिल्ला प्रहरी टोलि मंगलापुर पुगेका थियोे ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ