नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी केसिकाे एक्सन, तस्करहरुको मालसामान धामाधम पक्राउ 

नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी केसिकाे एक्सन, तस्करहरुको मालसामान धामाधम पक्राउ 

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • रबिन्द्र यादव

  • 6.5K
    SHARES

२० जेठ, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
गैयराति प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा लोड गरि ल्याउदै गरेको करिब लाख ५० हजार बरारबरको ९डिएपी० मलको साथै ३ वटा साईकल बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय ,ईलाका प्रहरी कार्यालय बेलाटारी र पंचपेडा प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए ।

लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार पठाएको थियो भने हरपुर सशस्त्र प्रहरीले ३ लाख ३७ हजारको छोहाडा पनि नियन्त्रणमा लिई भन्सार पठाइएको सशस्त्र प्रहरी २६ नम्बर गण बेलासपुरले जानकारी दिएको छ ।

जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवत जावतमा पुर्णरुपमा रोकलगाइएको भएपनि तस्करहरु तस्करी गरि रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ