गुल्मीमा एक युवक कोरानामुक्त भएर घर फर्किए

गुल्मीमा एक युवक कोरानामुक्त भएर घर फर्किए

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

गुल्मी, १९ जेठ । कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्किनुभएको छ । मदाने गाउँपालिका –६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिनुभयो ।

पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएपछि कन्टयाक्ट टे«सिङका आधारमा डाँगीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उहाँलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट हस्तान्तरण गर्दै आइसोलेशन कक्षबाट बिदाइ गर्नुभएको थियो । डाँगीले ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा राख्नुभएको छ ।

उहाँले दह्रो आत्मबलका कारण आफूले कोरोना संक्रमणलाई जितेको बताउनुभयो । उहाँलाई पहिलो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डा पाच्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ