कञ्चनपुरमा ११ महिने दुदे बालकमा कोरोना पृष्टी

कञ्चनपुरमा ११ महिने दुदे बालकमा कोरोना पृष्टी

  • सोमवार, जेष्ठ १९, २०७७
  • डम्मर राज भट्ट

  • 15.1K
    SHARES

कञ्चनपुर, १९ जेठ ।  कञ्चनपुरका एक बालकमा कोरोना पृष्टी भएको छ । भारतको राजधानी दिल्ली गुडगाउँबाट फर्किएका ११ महिने दुदे बालकमा कोरोना पोजेटिभ देखिएको छ ।
दुई महिना पछि कञ्चनपुर बेदकोट नगरपालिका १० का ४१ बर्षिया पुरुषमा कोरोना संक्रममित पृष्टी भएको थियो ।

शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका ति बालक अभिभावकसंगै ६ दिन अघि गड्डाचौकी नाकाबाट घर फर्किएका थिए । १४ बैशाखमा एक हजार ५ सय ८६ नेपाली भित्रिएका थिए । शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिहले क्वारेन्टाईनमा बसेका व्यक्तिको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको बताए ।

प्रवक्ता सिहका अनुुसार संकलन गरिएको नमुना सेती अस्पतालमा परीक्षण गरिएको थियो । कुल १२ वडा रहेको शुक्लाफाँटा नगरपालिकामा ११ नम्बर वडामा देखिएपछि वडाध्यक्ष दिल बहादुर बुढाले समेत सचेत रहन वडाबासीलाई आग्रह गरेका छन् । बालक बसेको क्वारेन्टाईनमा भारतबाट फर्किएका १३० जना बस्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ