जुम्ला दैलेख सहित कर्णालीमा ७५ जान संक्रमित थपिए

जुम्ला दैलेख सहित कर्णालीमा ७५ जान संक्रमित थपिए

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

जेष्ठ १९ स्ुर्खेत । शुरुमा अन्य प्रदेश भन्दा सुरक्षित देखिए पनि अहिले कर्णाली प्रदेशमा कोरोना संक्रमण निकै बढ्न थालेको छ । आज मात्रै जुम्ला, दैलेख, सुर्खेत, सल्यान सहितका जिल्लामा गरी ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस मध्य २ जना जुम्लामा कार्यरत प्रहरी रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ र प्रदेश अस्पताल सुर्खेतमा ३२ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकसय ९८ पुगेको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो पीसीआर रिपोर्ट तथ्यांक अनुसार १९ जना जुम्ला र २४ जना दैलेखका हुन् । जसमा जुम्ला हिमा गाउँपालिका- १, ५, ६, ७ का ३६, ६३, २३, २६, २३, ४३, ४६ र ५९ वर्षीय पुरुष, जुम्ला सिंजा गाउँपालिका -३, ४, ५, ६ का २४, २३, २३, २१, २६, १६, ४५, ११, १२, ३४ र २७ वर्षीय पुरुष रहेका छन् ।

दैलेख दुल्लु नगरपालिकाकी २३ र ३० वर्षीया महिलासहित दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । यस्तै सुर्खेतमा परीक्षण गरिएकामध्ये दैलेख १७, सुर्खेतका ५ र सल्यानका १० जनामा कोरोना पृष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीमा कुल कोरोना पृष्टि भएका एक सय ९८ जनामध्ये दैलेखका ८९, सुर्खेत ३४, सल्यान ३५, जुम्ला १९ ९दुई प्रहरी संक्रमितसहित०, कालिकोटका १८ र मुगुका एक जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ