विन्दबासिनी गाउँपालिकाका कर्मचारीहरुले तलबको माग गर्दै गरे तालाबन्दी

विन्दबासिनी गाउँपालिकाका कर्मचारीहरुले तलबको माग गर्दै गरे तालाबन्दी

  • आइतवार, जेष्ठ १८, २०७७
  • दिपक चौरसिया

  • 6.6K
    SHARES

पर्सा १९ जेठ । पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकाकै कर्मचारीहरुले आईतवार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
२०७६ साउन १ गतेदेखि वडा कार्यालय र गाउँपालिकाको निर्देशनमा काम गरे पनि तलब नपाएको भन्दै गाउँपालिका र वडा कार्यालयमा कार्यरत कार्यालय सहायक, सामाजिक परिचालक, पशु प्राविधिक आन्दोलनमा उत्रिएका हुन् ।
११ महिनादेखि तलब नपाएको भन्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आफुहरुको तलब नपाउँदा कोरोना भाइरसको महामारीमा जीवन निर्वाह गर्न समस्या भएको, बिरामी हुँदा उपचार गर्न नसकेको र भोकमरीमा पर्ने खतरा रहेको कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको आन्दोलनरत्त कर्मचारी रमेन्द्र थान तिवारीले बताए ।
‘वडा कार्यालयमा कार्यरत सामाजिक परिचालकरकार्यालय सहायकहरुको म्याद २०७६ असार मसान्तमा सकिएको तर सामाजिक परिचालक÷कार्यालय सहयोगीहरुको यस गाउँपालिकामा आवश्यक भएकोले यस आ।व। २०७६÷०७७ असार मसान्तसम्मका लागि म्याद थपी कार्य निरन्तरता गर्ने तथा अनुमोदन गर्ने निर्णय गरिएकोमा छ । तर तलब भत्ता भने नदिएर झुलाएर राखेका छन’ तिवारीले भने ।
४ जना सामाजिक परिचालक र झण्डै ३० जना करार र ज्यालादारी कर्मचारी गाउँपालिकामा छन् ।
यस सन्दर्भमा गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले भने विशेष गाउँ सभा हुन नसक्दा कर्मचारीका लागि बजेट निकासा गर्न नसकेको बताए ।
‘वीरगंजबाट नजिक भएकोले जिल्लाबाट समायोजनमा करार र ज्यालादारीका धेरै कर्मचारी पालिकामा आउनुभएको थियो । तर पछि संघ सरकारले नै ज्यालादारी र करारमा कर्मचारी नराख्नु भनेपछि समस्या भएको हो’ उनले भने ‘उहाँहरुले काम गरिसक्नुभएको छ, त्यसैले आन्तरिक स्रोतबाट जे जति सकिन्छ व्यवस्था गर्ने तयारी गरेका छौं ।’
यस सन्दर्भमा गाउँपालिकाका नि।प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियार सँग सम्पर्क गर्न खोज्दा फोन नलागेको कारण सम्पर्क हुन सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ