कुनै औषधी नखाई चार जनाले जीते कोरोना

कुनै औषधी नखाई चार जनाले जीते कोरोना

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

जेष्ठ १८ बुटवल । कोरोना संक्रमित निरन्तर बढीरहेका बेला केही मात्रामा निको हुने क्रम पनि जारी छ । आज बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जीतेर घर फर्किएका छन् ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले संक्रमित स्वस्थ्य नै रहेकाले कुनै औषधीमूलो नगरेको तर ,पोषणयुक्त खाना दिनको ४ पटक खुवाएको बताए ।

उनीहरु कपिलवस्तु र रुपन्देहीका हुन् । अस्पतालमा ल्याएपछि उनीहरुको ३ पटक कोरोना परिक्षण गरिएको थियो । लगातार २ पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्जगरिएको अस्पतालका मेडिकल सुपरीटेण्ट डा. राजेन्द्र खनालले बताए । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिए पछि १४ दिन सम्म क्वारेन्टाईनमा राखे पछि फेरी परीक्षण गरेर मात्र अरुसगँ घुलमिल गर्न भनिएको छ ।

खास कुनै गंभीर समस्या देखिएकाले औषधी नचलाए पनि शारीरीक तथा मानसिक स्वास्थ्यका बारेमा सिकाउने काम भने गरिएको थापाले बताए ।
संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका ८ का २ जना वैशाख ३० गते अस्पताल आएका थिए ।
कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाका युवा वैशाख ३० गते अस्पताल आएका थिए । उनी वैशाख १४ मा भारतको दिल्लीबाट आएका थिए । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवा वैशाख २९ मा अस्पताल ल्याइएका थिए ।
अस्पताल प्रशासनले उनीहरुलाई फुल दिएर बिदाई गरेको थियो ।

बुटवलको कोरोना अस्पतालमा अब ३२ जना बिरामी छन् । त्यसमध्ये एक जना आईसीयुमा छन् । अन्य सामान्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ