कन्चनपुर, १८ जेठ ।कैलालीमा ताताे बहस चलाउने पत्रकार नवराज धानुकले कन्चनपुर शुक्लाफाटा नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक बनका अध्यक्ष बहादुर सिंह महरालाई केटी लगाएर बलात्कारको मुद्धामा फसाउन केही स्थानीयलाई उक्साउदै गरेको अडियो सार्वजनिक भए पछि उनीमाथि छानविन र कार्बाही गर्न नगरपालिकाले माग गरेको छ ।
शुक्लाफाँटा नगरपालिका पत्रकार धानुनकले समाज भड्काउने गरी काम गरेको अडियो सार्वजनिक भएपछि शुक्लाफाँटा नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै वडाध्यक्ष एव बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिह महराको चरित्र हत्या गर्ने गरि सुनियोजित योजना बनाउन महिलालाई प्रयोग गर्ने सल्लाह दिई आम महिला दिदि बहिनीको समेत अपमान हुने गरि अपशब्द प्रयोग गरि समाजिक सद्भाव खलल पु¥याउने किसिमको अडियो समाजिक सजाल मार्फत सार्वजनिक भएको पाईएकोले नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकारिता जस्तो सम्मानित क्षेत्रको समेत बदनाम हुने गरि भएको उक्त कार्य निन्दनीय भएको ठहर छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा अडियोको सत्यतथ्य निष्पक्ष छानबिन गरि दोषिलाई कडा कार्बाहीका लागि शुक्लाफाँटा नगरपालिकाले सम्बन्धीत पक्षसंग माग गरिएको छ ।
यसको अडियोको चौतर्फी बिरोध भए पछि धानुकले सामाजिक सञ्जाल मार्फत आवेशमा बोलेछु भन्दै उक्त शब्द फिर्ता लिएर आत्मालोचना गर्दै माफी समेत मागेका छन् ।
धनगढी एफएम तातो बहसका प्रस्तोता एव क्यापिटल लाभई मिडियाका पत्रकार धानुकले मर्यादा विपरित समाज भाँड्ने नारीमाथिको परम्परावादी सोचको उदाङ्गे मात्र नभई भेगिय एव क्षेत्रीय एकता भाँड्ने र अनावश्यक भड्काउने काममा गरेको भन्दै अधिकारकर्मीहरुले समेत आलोचना गरेका छन् ।
धानुकले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ को बैजनाथ सामुदायिक वनमा लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनुगमन गर्ने भन्दै त्याहाँ पुगेका बेला गाँउले महिला समेत भएका ठाँउमा केटी लगाएर फसाउने कुरा गरेको अडियोमा स्पष्ट सुन्न सकिन्छ ।
वडाध्यक्ष बहादुर महरा वन र वडाको नेतृत्व सम्हालेका छन् । वडामा निर्वाचित भएपछि उनले गाउँको विकासका लागि थुप्रै काम गरेको मतदाताको भनाई छ । शुक्लाफाँटा नगरपालिका कार्यालयबाट ८ नम्बर वडामा पुग्दा १० र ९ भएर जानुपर्छ, जब ८ नम्बर वडामा पुगिन्छ, त्यहाँ फराकिलो सडक देख्न पाईन्छ । ग्रामिण भेगमा सडक समेत विस्तार गरेका छन् । उता वन तर्फपनि नेतृत्व लिएर अनुशासन कायम गर्ने वातावरण सिर्जना गरेका छन् ।
तर तीनै वडा अध्यक्षमाथि धानुकले जंगली पाराको कसैले सम्मान नगरेको भन्दै तुच्च शब्द प्रयोग गरेको भन्दै बिरोध भएको छ ।
समाजिक संजालमा भाईरल भएको अडियो अनुसार धानुकले केही नदेखेको जंगली मान्छे, पाराको केही नदेखेको मान्छेलाई कसैले सम्मान गरेको छ ? केही नदेखेको, केही नजाने त्यसका हातमा प¥यो, वडाध्यक्ष भन्दै मासिहरुलाई उक्साएको सुन्न सकिन्छ ।
एउटा आईडिया छ, यसलाई फसाउन सकिन्छ । केही नगरौँ एउटा लेडिज पत्ता लगाउने अर्थात भिडाउने बलात्कार ग¥यो हजुर भनेर फसाउने आईडिया बाहेक केही छैन । सभामुख कृष्ण बहादुर महरालाई जस्तै आरोप लगाएर फसाउन सकिन्छ, अरु केही उपाया छैन । भनेको सुनिन्छ ।
जंगली पैशा नपाएको र सम्मान नभएको भन्ने लान्छनामा जुन छ, त्यो सत प्रतिशत सबेत झुट भएको वडा अध्यक्ष महराको भनाई छ । देशको परिर्वतनका लागि युद्धमा होमिएका महरा पुर्व जनसेना हुन् । उनले स्वच्छैक अवकास लिए । अनी वनको अध्यक्ष भएर उजाडभूमिलाई हराबरा बनाए जसले डिभिवन वनबाट पुरस्कार एव सम्मान पाए । ०७४ मा जनताबाट निर्वाचित भएका हुन् ।
महिला के बजारका बस्तु हुन ? महिला अधिकारकर्मी सावित्री
पत्रकार धानुकले वडाध्यक्ष फसाउने एउटै उपाया भएकाले लेडिज खोजेर भिडाउँने र बलात्कार ग¥यो हजुर भन्ने सक्किन्छ भन्ने शब्दमा उनको महिला अगुवा एव अधिकारकर्मीले बिरोध गरेका छन् ।
सावित्री सुवेदीले समाजिक सजालमा महिला बजारका बस्तु हुन र प्रयोग गर्नलाई । बलात्कार जस्तो जघन्य अपराधलाई मजाक सम्झिने रु भन्दै प्रतिप्रशन गरेका छन् । यदी धानुकले भने जस्तै महिला प्रयोग गरेर वडाध्यक्ष फसाउने षड्यन्त्र अभ्यास गरेको भए ?
सकभर हाम्रो नेपाली समाजमा कुनैपनि नारीले यस्तो गर्दैनन्, जो अघि आएर वडाध्यक्षमाथि आरोप लगाउँथिन, उनी र वडाध्यक्ष दुवै बिना कारण शिकार हुन्छे । यसरी कुन स्वार्थका लागि उनले यतिसम्म मिलेर बसेको समाज भड्काए उनै जानुन । तर यति हो, आफुलाई स्वघोषि टप पत्रकार भन्नेले यस्तै सिकाउने हो, त अनि टपहरुले समाज भाँड्न जाने जनताले के बुझ्ने ?
वडाध्यक्ष फसाउन महिला प्रयोगबारे अडियो भाईरल भएपछि उनीमाथि अधिकाँसले समाज भाँड्ने व्यक्तिको चित्रण गरेका छन् ।
तातो बहसपछि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अयज कुमार मानन्धरको टोलीले शुक्रबार वनमा स्थलगत अनुगमन गर्दै फगतको प्रचारबाजी प्रपोगाण्डा भएको बताएका छन् । वन प्रमुख मानन्धरले जति राम्रा वडाध्यक्ष एव वनका अध्यक्षको विषयमा यस्तो घृणित विषय बाहिर आएको बारे चिन्ता व्यक्त गरे ।‘राम्रो गर्नेको यस्तो आउँछ, ‘उनले भने, ‘जिल्लामै उदाहरणीय वनमा प्रोत्साहन गर्नुको साटो निरुत्साहन गरियो ।’ बैजनाथ वनमा ऐन, कानुन कार्यविधी एव पुरै प्रकृया अनुरुप काम भएको छ । फाल्तु एक पातपनि नकाटिएको वन अधिकृत मानन्धरले बताए ।
बैजनाथ वन र वडाको विकास प्रगति एव काम लगनशील बारे धेरै संचार माध्यमले स्थान लिएर विषयबस्तु बाहिर ल्याएका थिए ।
वडाध्यक्ष बहादुर सिह महराले अरुले मेरो बारेमा के गर्छ, के लान्छना लगाउँछ, के षड्यन्त्र गर्छ त्यो भन्दा हामीले जनताको सेवामा अहोरात्र निरन्तर खटिदै जाँने प्रतिबद्धता जाहेर गरेका छन् । ‘मैले राम्रो नराम्रो काम गरेको जनताले मुल्याङ्गकन गर्ने हो, ‘उनले भने, ‘हामी जे कामका लागि निर्वाचित भएका हौँ, त्यही गछौँ, जससंग जे ज्ञान हुन्छ, त्यही बाँड्ने हुन् ।’ आफु तातो, रातो जस्तो सुकै बहस एव आरोप लगाएपछि कतिपनि विचलीत नभएर कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आम नागरिकमा सयमित र र्धयैता गर्न समेत उनले अपिल गरेका छन् ।