अछाममा अस्पतालले कर्मचार्रीलाई महामारीका बेला जागिरबाट निकाले पछि , न्याय खोज्दै पुगे विप्लव नेतृत्वको नेकपामा !

अछाममा अस्पतालले कर्मचार्रीलाई महामारीका बेला जागिरबाट निकाले पछि , न्याय खोज्दै पुगे विप्लव नेतृत्वको नेकपामा !

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

जेष्ठ १८ अछाम । न्याय हेल्थ नेपाल बयलपाटा अस्पताल अछामले कोरोना महामारीकै बीच आफूहरूलाई निष्कासन गरेको भन्दै न्याय दिलाई दिन माग गर्दै विप्लव नेतृत्वको नेकपाको शरणमा पुगेका छन् ।
३३ जना एकै पटक र त्यस अघि २ जना गरी निस्कासित ३५ जना कर्मचारीले न्याय माग्दै विप्लव नेतृत्वको नेकपामा मुद्धा दर्ता गरेको सो पार्टीले जनाएको छ ।
पार्टीको अछाम जिल्ला ईन्चार्ज नवीनले आज एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी दिदै अन्यायपूर्ण ढंगले निस्कासन गरिएका कर्मचारीलाई अविलम्ब पुनर्वहाली गर्न चेतावनी दिएका छन् ।
कोभिड(१९ को महामारी र स्वास्थ्य क्षेत्रको आवश्यकतालाई बेवास्ता गरि सत्ता र शक्तिको दुरुपयोग गर्दै, अस्पताल भित्रको अनियमितता र भ्रष्टाचार माथि प्रदा हाल्ने ढंगले रु।५२हजार देखि माथि १३लाख सम्मको तलबभत्ता खाने कर्मचारीहरूलाई संरक्षण गर्ने, रु।१५ हजार देखि ५०हजार सम्म न्युन तलबभत्ता खाने आर्थिक अवस्था कम्जोर भएका, २ जना पहिले र ३३जना अहिले गरि ३५जना कर्मचारीहरू लाई अन्यायपूर्ण ढंगले पुनः नियुक्ति नदिई निष्कासन गरेको विषयमा पिडित कर्मचारीहरूले छानबिन गरि न्याय दिलाई पाउँ भनी संयुक्त रूपमा हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको अछाम जिल्ला कार्यालयमा पेश भएको निवेदनले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त निर्णय अस्पताल प्रशासन बाट पुनर्विचार होस र अन्यायपूर्ण ढंगले निष्कासन गरिएका पिडित कर्मचारीहरू लाई निसर्त पुर्नवाहाली गरि पुनर्स्थापन गरियोस्। ईन्चार्ज नवीनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी