हामीले सकारात्मक कुरा कहिले सुन्ने पाउछौँ ?

हामीले सकारात्मक कुरा कहिले सुन्ने पाउछौँ ?

  • आइतवार, जेष्ठ १८, २०७७
  • -पुजा फुयाल

  • 16.2K
    SHARES

हामी एक अल्प विकसीत राष्ट्र संगै बेथितीको राज्य संयन्त्र संगै जुन जोगी आएपनी कानै चिरेको नेत्रृत्व भएका राष्ट्रका नागरीक हौ । हामी हरेक कुरा हरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिडनु पर्ने अवस्था छ ।
हाम्रो देशको दक्ष जनशक्ती प्रयोग गरेर अन्य राष्ट्र हरूले चमत्कारीक र अनौठा कामहरू गरी सक्दा हामीले विभीन्न आपद विपद र हर समस्याहरुमा अरूसंग आश्रीत हुनु पर्दछ जस्तै अहीले यस्तो कोरोनाको माहामारी संग जुध्नको लागी कुनै तयारी देखिदैन । राज्य स्तरबाट कुनै रिसर्च छैन । सभावना अध्ययन छैन । जोखीम को मुल्याङकन छैन । न्युनीकरणको प्रयास अनेकौ देखिए सनिए पनि उपलबधी मुलक छैन । हर समस्या लाई बाहाना बनाउदै पैसा कमाउने खेलमा तलीन सम्म्बन्धीत निकाएका पदीय जिम्मेवारी बोकेका व्यक्तीहरू अब अध्ययन अनुसन्धानमा समय किन खर्च गर्नु ? अरूले बनाएको सामान खरीद गर्दनै सिधै विना झन्झट कमिसन आउछ भने आखीर ? यो र यस्तै सस्कारले न त पुराना पुस्ताहरू परिवर्तन को जिम्मेवार भए न अब यही तरीकाले नयाँ पुस्ता बन्ने छौ ।

आखीर यो सबै कुराको जिम्मा कस्ले लिने यती बर्ष जेल खाए यो आन्दोलन गरे हात भाचियो खुट्टा भाचीयो भन्ने बाहानामा राज्य लाई लुटन नेतृत्व चयन भएको हैन देश र जनता को लागी भलो हुने काम सहीत परिवर्तनको आशा राखेर नेतृत्व चयन भएको हो आज विश्व जगत आविश्कार र हर कुराको अनुसन्धान र बैज्ञानीक पद्धति अपनाउदै गर्दा हामी हाम्रा जनशक्ति बाहीर पठाउदै छौ । आजकै दिनमा पनि बाहीर रहेका दक्क्ष जनशक्ति नेपाल आउनको लागी सुरक्षीत र क्षेमता अनुसारको काम र सुविधा दिनेहो भने नेपाली तन र मनलेनै नेपाल बनाउने छन यसको लागी राज्यले किन कहिल्यै सोचेन ?

जहिले जातिए भेदभाव ,भ्रष्टाचार ,अनीयमितता, पदको दुरूपयोग ,चोरी,हत्या,बलत्कारका घटना र समाचारहरू सुन्दै दिनहरू विताउनु पर्दै छ । यही तरीकाले हरेर व्यक्तिको सोचमा के प्रभाव पर्ला ? आखीर हामीले कहीले बाट परिवर्तनका आविस्कीरका बैज्ञानीक अनुसन्धानका आधुनीकीकरणका अनी सकरात्मक सोचका कुराहरू सुन्न पाईएला ? जुन कुराले हरेक व्यआत्मबल बढोस त्यसैले सम्बन्धीत निकाए र मेरा अग्रज हरूलाई मेरो अनुरोध हामीलाई सकरात्मक सोचको विकास गराईदीनु हो ताकी हामीले कल्पना गरेको राज्य हामी सबै मिलेर निर्माण गर्ने सकौ ।

हाम्रो देश परिवर्तन को जिम्मा हर कोही नागरीक र पार्टी हरू लाई बराबर जिम्मेवारी र दाहीत्व छ त्यसैले देश बिकासको लागी कुनै पार्टी न भनौ कुनै व्यक्ती न भनौ पहीला देश बनाउ अनी अरू सोचौला व्यक्ती व्यक्ती सचेत र परिवर्तन न भए सम्म देश परिवर्तन हुने छैन जय नेपाल।

लेखक– नेविसंघकी नेतृ हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी