जेष्ठ १८ मलंगवा । तराईका सीमावर्ती क्षेत्रमा खटिरहेका शसस्त्र प्रहरीमाथि ठाँउ ठाँउमा भारतीय नागरिकबाट आक्रमणको दुष्प्रयास भईरहेको छ । आज पनि सर्लाहीमा जबरजस्ती नेपाल छिर्न खोज्नेलाई रोक्ने क्रममा एक भारतीयहरुको जत्थाले आक्रमण प्रयास गरेको थियो ।
त्यस पछि शसस्त्र प्रहरीले चेतावनी स्वरुप हवाई फायर गरे पछि उनीहरु भारततिरै भागेका थिए । घटना बिहान ६ बजे पछि भएको बताईएको छ ।
सर्लाहीको विष्णु गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा सुरूमा एक व्यक्ति नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले उनलाई भारततर्फ नै फर्काइदिएको थियो।
नेपाल छिर्न नपाएपछि फर्किएका उनले आफ्नो साथ करिब ५० जना पति मानिसहरू ल्याएर जबरजस्ती गर्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको शसस्त्र प्रहरीले जनाएको छ ।
झापा, बारा, सर्लाही, नवलपरासी , पर्सा लगायतका सीमावर्ती क्षेत्रमा भारतीय खास गरी तस्करहरुले नेपाल छिर्न नदिए पछि प्रहरीमाथि जाईलाग्ने गरेको देखिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।