समयको खेल

समयको खेल

  • शनिबार, जेष्ठ १७, २०७७
  • -डा. राम कृष्ण तिमल्सेना

  • 18.4K
    SHARES

ओहो हेर,
समयको खेल,
न बाँच्न पाइन्छ,न रुनै पाइन्छ।
न त राम्रो लाइन्छ। नत रोज्नै पाइन्छ।
सबैलाई ओं शान्ति चाहिन्छ।
हिँडडुल गर्न सकस, सोच्न सकस।
बिना सिदाको कारावास।
त्रासै त्रासको महलमा,
हाम्रो झुत्रे घरवास,
तिमिलाई भेट्न अब नदीले छेकेको छैन।
हाम्रो बीचमा भौतिक पहाड पनि छैन।।
मनको दूरी बढेको पनि होइन।
तर कस्तो आयो समय,
सानो अणु जनित प्रलय।
भेट्न पाइँदैन, सोच्ने जागर छैन,
मनमा चैन छैन,तनमा फुर्ती छैन।
दिमागमा केही सुझदैन।
फेसबुकबाट चित्त बुझ्दैन,
भाइबरले पनि निकास दिँदैन,
जति प्रविधियुक्त भएपनि,
खोजेको कुरा भेटिदैन।
मनको चाहत रितिदैन।
मान्छेको अहंकार चकनाचुर,
फुटेको सिसा जस्तै,
तैपनि अझै चेतेको छैन,
रित्ताइएको वैश जस्तै।
स्कूल बन्द, होटल बन्द,
बन्द सबै यातायात।
कोही बने मगन्ते,
कोही करोडपति रातारात।
उद्योग बन्द , बाटो बन्द
बन्द सबै कारोबार।
अर्थतन्त्र खस्कियो, आफू झस्कियो,
नहोस् यस्तो बारम्बार।
तिमि बन्द, म पनि बन्द,
केवल विचार खुला हो।
आकाश खुला, बाटो खुला,
आफ्नो जीवन खुला हो।
जे जसको जे भए पनि,
यो पनि उसको लीला हो।
तैपनि,
आज हामी बन्दी भै बाँचेका छौ।
घर घरमा नाचेका छौ।
खै के को लागि हो कुन्नि,
सबै कुरा साँचेका छौ।
एउटा सानो विन्दुले संसार बन्दी भएछ।
जीवन धन र आनन्दको रौनक सबै गएछ।
लौ न के हुने होरु कहिले भेट हुने हो,
ओइलाएको फूल कुन्नि कहिले फुल्ने हो ?
वा, फुल्दै नफुली झर्ने हो।
आखिर के छ र हामीलाई,
एकदिन पक्कै मर्ने हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी