नवलपरासी पश्चिममा आगगलागीबाट चौपाया सहित ठुलो क्षति  

नवलपरासी पश्चिममा आगगलागीबाट चौपाया सहित ठुलो क्षति  

  • शनिबार, जेष्ठ १७, २०७७
  • रबिन्द्र यादव

  • 13.5K
    SHARES

नवलपरासी पश्चिम जेठ १७ । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका – ३ कुटिटोला बस्ने सुदामा धोबिको घरमा गएराति आगलागी भएको छ ।

एकैठाउमा घरगोठसमेत रहेकोेमा राति आगो सल्केर आगलागी भएको ईलाका प्रहरी कार्यालय सेमरीका सई फौजदार यादवले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा, घर लगायतका सम्पुर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै गोठमा रहेका पाडा पाडी भैंसी चौपाया समेत जलेका छन् । आगलागीकाट ६ लाख ३२हजार बराबरको क्षति भएको सइ यादवले बताए ।

राति लामखुट्टे धपाउनको लागि गुइठा खर झारपात बालेको आगो सल्केर आगलागी भएको बुझिएको हो । गएराति करिब १ बजेको समयमा आगो लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी र स्थानीयले राति नै आगोलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए ।

उता जिल्लाको सिमासँग जोडिएकोे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनको ठुलो क्षति हुँदै आईरहेको छ । आगो लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेको स्थानीयले बताएका छन । बर्सेनि चैत, बैशाख र जेठ महिनामा जिल्लाको धेरै जसो सथानमा आगोलागीको घटना बढ्दै गइरहेको देखिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ