जेष्ठ १७ राजविराज । नेपालमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । आज बिहान सप्तरीमा थप ९ जना संक्रमित पुष्टी भएको छ ।
उनीहरुको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गरिएको थियो । संक्रमित मध्य एक जना महिला रहेकी छन् ।
९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय सपतरीेले जनाएको छ ।
शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline