खबरदार ! रुकुम हत्याकाण्डका अपराधीहरुलाई जोगाउने चलखेल तुरुन्त बन्द गर

खबरदार ! रुकुम हत्याकाण्डका अपराधीहरुलाई जोगाउने चलखेल तुरुन्त बन्द गर

  • शनिबार, जेष्ठ १७, २०७७
  • - तुफान सिंह कालिकोटे

  • 17K
    SHARES

गत जेष्ठ १० रुकुम पश्चिम् सोतिमा मा भएको अमानवीय हत्याकाण्डले देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गरिनुको सट्टा राजनीति चलखेलमा यो घटनालाई ढाकक्षेप गर्न केही मान्छेहरु निकै लागिपरेको देखिन्छ। खबरदार, दलितको जीवन नष्ट गर्ने अपराधीहरुलाई कुनै पनि राजनीतिक चलखेल वा दाँयाबायाँ गरेर उन्मुक्ति दिने खेल स्वीकार्य हुने छैन ।
देशका ६० लाख दलितको मात्रै प्रश्न हैन, सिंगै मानव समाजलाई चुनौती दिने यस्तो बर्बरतापूर्ण पाशविक अपराध कार्यका दोषीले ईतिहासमै सबै भन्दा कठोर सजाय पाउनु पर्छ । यसलाई मान्छे कुट्न आएको , अपहरण गर्न आएको भनेर अर्कोतिर डाईभर्ट गर्ने प्रयास भईरहेको देखिन्छ । तर घटानबाट बाँचेका साक्षीहरुले के भन्दैछन् ? त्यो सुन्न पर्छ । उनीहरु त्याहाँ जानु गल्ती थियो वा थिएन त्यो पनि अर्को पाटो हो तर उनीहरुको जीवन पासवीक तरीकाले नष्ट गर्ने कार्य कुनै पनि बहानामा सम्झौता या स्वीकार गर्ने बिषय बनाउन पाईदैन बनाउन हुदैन । यसलाई राजनीतिक शक्ति र पहुचका आधारमा उन्मुक्ति दिईयो भने त्यो अर्को महाअपराध बन्ने छ र ईतिहासले अपराधी जोगाउने महाअपराधीहरुको पनि हिशाब खोज्ने छ ।

नवराजको शनिबार नै निधन भयो भने हात हरु बाधेर भेरिनदीमा फालेका मध्य चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा,लोकेन्द्र सुनार ,को पानीमै डुुबेर निधन भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा हात बाधेर फालेको हुँदा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।

उनीहरुको जीवन पासवीक तरीकाले नष्ट गर्ने कार्य कुनै पनि बहानामा सम्झौता या स्वीकार गर्ने बिषय बनाउन पाईदैन, बनाउन हुदैन । यसलाई राजनीतिक शक्ति र पहुचका आधारमा उन्मुक्ति दिईयो भने त्यो अर्को महाअपराध बन्ने छ र ईतिहासले अपराधी जोगाउने महाअपराधीहरुको पनि हिशाब खोज्ने छ ।

‘आज रुकुमपश्चिम घट्ना भएको यत्तिका दिन बितिसक्यो, तर यो घट्नाको सम्बन्धमा शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेल तपाईहरु किन बोल्नुहुन्न ?

उता जनार्दन शर्मा प्रभाकर ले खोक्रो आर्दस दिदै घटनालाई पुर्ण सयोग गर्ने बताएपनि यो दलित जनसामुदाया ले प्रस्टै बुजेका छ्न उनी आन्तरिक रूपमा घटनालाई तोडमोड गरि दोषिलाई उम्काउन लागेको आरोप छ।

उक्त घटनाको छानबिन गरि पीडितलाई न्याय दिलाउन देशभरी विभिन्न सान्तिपुण धर्ना बिरोध भैरहदा उक्त रुकुम मा भने ईलाका प्रहरी कार्यलयकै नम्बरबाट फोन गरि घटना उत्त्तेजित गर्न भासण गर्नेलाई जतिबेला पनि उठाउने भन्ने यो धम्कीले पनि बुज्न सकिन्छ राजनीति पावरमा घटनालाई निमोट्न खोजिदै छ भन्ने कुरा ।एदि यो सत्य नै हो भने फेरि ब्राह्मण चिन्तनका विरुद्ध फेरि देशमा रगतको खोला नबग्ला भन्न सकिने अबस्था छैन तेसैले निर्दोष फस्नु हुदैन दोषि उम्किनु हुदैन ।

केही पत्रकार मित्रहरूले लिएका भिडियो हरुमा भनिएको छ उनीहरु कसैलाई आक्रमण गर्न आएको र उक्त युवा हरुले झोलामा हतियार सहित आएको भन्ने यो तर्क सरासरी झुट हो ।

ती निर्दोष भाईहरु कुनै लडाइँ झगडा गर्ने हेतुले तिनी हरुलाई त्यहाँ गएका होइन्न प्रेम सम्बन्ध को कुरा गाउँलेहरुले थाहा पाई सकेपछि ।उक्त सुस्मा मल्ल लाई कन्भेन्स गरि केटालाई फोन बाट बोलाउन लगाईयो ।

अनि पश्चिम तिर फर्केको भुगोल छ दुई तिर पुल छ। दुबै पुलमा लुकेर बसेका रहेछन ती मल्लका गाउले केटाहरु बिस्तारै गाउँ पसिसके पछि जिस्काउन थालियो। उक्त जाजरकोटि युवा भाईहरुको मानसिक्ता कम भईसकेपछि ब्याग भयर फर्किदा चारैतिरबाट आक्रमण गरियछ।

हसिया हात हातमा दाउरा लिएर आएका समूह हरुले कुटि कुटि मारिसके पछि भेरिमा बाधेर बगाईएको रहेछ। जनार्दन शर्मालाई फोन मार्फत के भनियो भने केटि लिने निउमा जाजरकोट को केटा हरु आएर झगडा गर्न खोज्दा भागदौड मा सबै ले भेरिमा हाम फाले भनेर फोन गरियो ।

अन्तत, यो घटना उनिहरुले अहिले आएर जे भने पनी मुख्य कारण भनेको दलित हुनुकै कारणले भएको हो । आखिर दलित भएर स्वतन्त्र बाच्न र माया गर्ने अधिकार पनि छैन कस्तो बिड्बना !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी