कञ्चनपुर, १६ जेठ । कञ्चनपुरको बैजनाथ सामुदायिक वनले प्रकृति संरक्षणमा उदाहरणीय काम गरेको छ । वन, पर्यावरण एव वन्यजन्तु संरक्षणमा शुक्लाफाँटा नगरपालिका ८ को बैजनाथ सामुदायिक वनले उदाहरणीय काम गरेको हो । तस्करको रुख काटेर र गाईबस्तुभाउले साना पोथ्रा खाईदिएर उजाड मरुभूमिमा परिणत वन अहिले हराभरा भएको छ ।
वनमा वायो ईन्जिनियरिङ्ग विधि सहित विभिन्न संरक्षणका कार्याक्रम संचालन भएपछि वनमा पुर्नरुत्पादन तर्फ गएको छ । चुरेसंगै जोडिएका वनमा विभिन्न खोला नालाको कटानी पटानीका कारण खुम्चिदै गएको सामुदायिक वन अहिले जताततै हरियाली भएको छ ।
स्थानीय युवा अर्जुन भट्टले चार बर्ष अघि मात्रै वन क्षेत्र खुलाचौर जस्तो कतै रुख काटेर खुला भएपनि वन संरक्षणमा उपभोक्ता आफै जुटेपछि हरियालीमा परिणत भएको बताए । ‘यो वन तस्करले सखाप पारेको थियो, ‘उनले भने, ‘अहिले समुदाय मिलेर संरक्षण गर्न थालेका छन् ।’
उपभोक्ताले वन संरक्षण गरेसंगै वनमा वन्यजन्तुको आवागन समेत बढेको छ ।

घाईते वन्यजन्तुको उपचार केन्द्र समेत निर्माण गरिएको छ । घाईते अहिले अजिंगरको उद्दार गरेर उपचार थालिएको छ । चोरी तस्करी नियन्त्रण, चरिचरन बन्द गरेसंगै चारैतिर संरक्षण भएपछि वन हराभराका भएको छ । चुरे भएर बग्ने विभिन्न खोलानालामा ६ सय हेक्टर क्षेत्र पुर्नरुत्पादन भएको छ । भू–क्षय र कटानी रोकिदा गाउँमा डुवानको समस्या टरेको छ । उनले एक ठाँउबाट हेर्दा अर्को ठाँउ देखिने वन अहिले झाडीमण भएको छ ।
चालु आर्थिक बर्षदेखि सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन भएपछि केही बिरोधी समुहले अनावश्यक मिथ्या अफवाह फैलाएर माटो मन्ने स्थानलाई बङकर भनेर दुष्प्रचार गरेको उपभोक्ताले बताएका छन् ।
उपभोक्ता एव महिला जानकी बोहराले विपन्न बस्ती भएकाले कच्ची घर लिपपोत गर्नका लागि रातो माटो खनेर लग्ने गरेको बताईन् । ‘हामीले वनदेखि रातो माटो लगेर घरमा लिपपोत गछौँ, ‘उनले भने, ‘यही खनेको विषयलाई वन संरक्षण बिरोधी समुहले बङकर भनेर हल्ला मच्चाएको छ ।’
वैज्ञानिक वन व्यवस्थापन लागु भएपछि केही मानिस बिरोधका नाममा बिरोधमा उत्रिएको उनको आरोप छ । ‘जब यो वन तस्करले सखाप पार्दै थिए, हामीले रातदिन खटिएर संरक्षण गरे, ‘उनले भनिन्, ‘अहिले केही बिरोधी समुहले अनावश्यक बिरोधमा उत्रेका छन् ।’ आफु पदाधिकारी हुँदा वनमा तस्करी गराउने, घोटाला गर्ने मनसाय बोकेको केही प्रकृति विरोधी समुहले वन संरक्षण भएको सहन नसकेर अनावश्यक हल्ला मच्चाईरहेको उनको भनाई छ ।
केही मानिस राजनीतिक गर्न वन सखाप गर्नका लागि अनेकन षड्यन्त्र गरिरहेको बताउदै उनले वन बिरोधी समुहलाई उपभोक्ताले नै ठेगान लगाउने चेतावनी दिए ।

वडा अध्यक्ष र सामुदायिक वनको नेतृत्व एकै व्यक्ति बहादुर सिहले लिएका छन् । उनले दुवैतर्फ वडाबाट गाउँको एकिकृत दिगो विकास र वनबाट दिगो वन व्यवस्थापन उपभोक्तालाई आत्मनिर्भर बनाउने काममा जुट्टा उनले गरेको विकान सहन नसकेको झडासले फगत बिरोधमा उत्रिएको टिप्पणी गरिन् । ईलाका वन, डिभिजन वन लगायतका सरकारी वन कार्यालयबाट संरक्षणमा उत्कृष्ठ काम गरेको भन्दै पटक पटक पुस्कृत एव सम्मानित भएको वनमा केही मानिसले तस्करी गर्न नपाएले छटपटाईरहेको उनको भनाई छ । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिह महराले वनमा बहुमुल्य जटिबुटीदेखि चोरी शिकारी नियन्त्रण कार्यदल बनाएर नियमित गस्ती बढाएको बताए । ‘हामीले विभिन्न प्रजातिका बिरुमा रोपेका छौँ, हरेक बर्ष रोप्छौँ पनि, ‘उनले भने, ‘सिङ्गो समुदाय संरक्षणमा जुटेपछि वन जोगाउन सफल भईएको हो ।’
अध्यक्ष महराले १८ औँ बार्षिक साधारण सभाबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्नका लागि निर्णय अनुरुप काम भईरहेको बताए । ‘वन ऐन अनुसारै हामीले ८० बर्ष उमेर पुगेका बिग्रीएका रुख कटानी गरेका हौँ, ‘उनले भने, ‘सरकारले अघि सारेको नीति तथा कार्यक्रम अनुरुपै हामी वैज्ञानिक वन व्यवस्थापन गरिरहेका छौँ ।’ कार्य योजना अनुरुप डिभिवन वन कार्यालयले स्वीकृत गरेका रुख मात्रै काटेको उनले बताए ।‘हामी वन नै विनास गर्ने भए यतिका बर्षसम्म ज्यानको बाजी लगाएर वन संरक्षण किन गथे, ‘उनले भने, ‘वन प्रत्यक्ष जनता र देशसंग जोडिएको विषय छ ।’ जनताको समाजिक आर्थिक एव राज्यको कोष बृद्धिका लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम संचालन भएको बताए । नेपालमा काठ नभएका कारण एल्मुनिय, सिसा किन्नुपर्ने जनताको बाध्यता रहेको बताउदै उनले केही संरक्षण बिरोधी व्यक्ति एनजिओआईनजिओले उस्काहटमा ८० बर्षे वन कार्य योजनामा अनावश्यक टिकाटिप्पणी भईरहेको उनको भनाई छ । ‘वनमा हामीले बदमासी गैर कानुनी काम गरेको भए, सिधै कानुनी कार्बाहीका लागि पनि जान सकिन्छ, ‘उनले भने, ‘बिरोधका नाममा बिरोधको काम छैन् ।’ उनले वन्यजन्तुको वासस्थापनका साथै खानेपानीको समेत व्यवस्थापन गरिएको बताए । विभिन्न प्रजातिका लाखौँ बिरुवा रोपिएका छन् ।
वैज्ञानिक वन व्यवस्थापनको बिरोध फगत कार्य मात्रै ः डिभिजन वन कार्यालय
कानुन विधी अनुरुप सामुदायिक वनमा भईरहेको कार्यप्रति बिरोधका नाममा बिरोध कार्य पनि फगत भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रबार कञ्चनपुरका डिएफओ अजय कुमार मानन्धले बैजनाथ वन क्षेत्रको स्थलगत अवलोकन गर्दै बैजनाथ वनले चालु आर्थिक बर्षमा कटानी आदेश दिएको बताए । ‘जेठ १५ भित्रै हामीले कटानी आदेश दिईसक्नुपर्छ, ‘उनले भने, ‘ढिला दिदा बर्ष नै खेर जान्छ ।’ वैज्ञानिक वन व्यवस्थापनबाट उपभोक्ता र राज्यलाई नै लाभ हुने उनले बताए । ‘उपभोक्ताले काठ पाउँछन, ‘उनले भने, ‘राज्यले राजस्व पाउँछ ।’ ८० बर्षे कार्य योजना भएकाले प्रथम चरणमा १० बर्ष गरि कार्यक्रम लागु हुने उनले बताए । ‘यसबाट वन फडानी होईन, पुरानो रुख काट्ने हो, ‘उनले भने, ‘पुरानो काट्ने नयाँलाई संरक्षण गर्ने हो ।’
८० बर्षे कार्य योजना भएकाले प्रथम चरणमा १० बर्ष गरि कार्यक्रम लागु हुने उनले बताए । ‘यसबाट वन फडानी होईन, पुरानो रुख काट्ने हो, ‘उनले भने, ‘पुरानो काट्ने नयाँलाई संरक्षण गर्ने हो ।’ रुख ८० बर्षभन्दा बढि उमेर पुगेपछि कतै काम नलाग्ने भएकाले यसबाट सबैलाई घाटै घाटा हुने भएकाले पुरानो रुख काटेर नयाँ रोप्ने कार्यक्रम नै वैज्ञानिक वन व्यवस्थापन भएको बताए । बैजनाथ सामुदायिक वनले कानुन अनुसारै वैज्ञानिक वन व्यवस्थापनमा जुटेको बताउदै उनले राम्रा संरक्षकर्मीका समेत बिरोधी हुने अनुभव पोखे । ‘जुन वन संरक्षणमा अब्बल छ, त्यही वनमा कटानी फडानी भयो भन्दै अफवाह फैलाईन्छ, ‘डिएफओ मानन्धनरले भने, ‘यसबाट समाजलाई भड्काउने र राज्यलाई गुमराहमा पार्ने काम हो ।’ कार्यक्रमबाट जैविक विविधता संरक्षण हुने उनको भनाई छ । वन मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन लागु भएका वनलाई काम यथावत गर्न निर्देशन दिएको छ । वनप्रति गुनासो भए लिखित र सम्बन्धीत निकायमा तार्किक विषय राख्नुपर्ने उपभोक्ताको भनाई छ ।