जेष्ठ १६ काठमाण्डौं । नेपालमा कोaरोनाबाट मृत्यु हुनेको संख्या थपिदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले आज पुष्टी गरेको अर्घाखाँचीको एक जनाको मृत्यु सगैँ यो संख्या ६ पुगेको जनाएको छ ।
मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा हिजो बेलुका कोरोना देखिएको उनले बताए ।
हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यो ६ मृत्यु मध्य ४ जनाको मृत्यु पछि मात्रै कोरोना पुष्टी भएको छ । सिन्धुपालचोककी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु पछि कोरोना देखियो । त्यसै गरी बाके नरैनापुरका युवालाई लक्षण देखिएर सारै हुदा समेत एम्बुलेन्स नगए पछि क्वारेन्टाईनमै मृत्यु भयो । त्यस पछि जेष्ठ ४ गते बीरगञ्ज नेस्नल मेडिकल कलेजमा मृत्यु भएका बाराका बृद्धाको मृत्यु भएको ८ दिन पछि कोरोना पुष्टी भयो भने ललितपुरका ५६ बषीय नागरिक र गुल्मीका शिक्षकको मात्रै कारोना थे ेर उपचार हुने क्रममा मृत्यु भएको थियो ।