कञ्चनपुर, १६ जेठ । कञ्चनपुरको बेलडाँडी स्थानीय सरकारले पाँचै वडामा रहेका विद्यालय क्याम्पसमा क्वारेन्टाईन निर्माण गरेर विदेशबाट आएका नागरिकलाई व्यवस्थापनमा
जुटेको छ । कुल ५ वडा रहेको बेलडाँडीमा अहिले १३ वद्यालयमा क्वारेन्टाईन निर्माण गरिएका छन् ।
त्यही क्वारेन्टाईनमा विदेशबाट हालै आएका आफ्ना नागरिकलाई व्यवस्थानपनमा जुटेको छ । क्वारेन्टाईनमा बस्नेहरुले शैचालय, खानेपानी, बस्न लगायतका समस्या भएको गुनासो गरेका छन् । तर, बेलडाँडी स्थानीय सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म स्रोत साधन व्यवस्थापन गरेको जनाएको छ ।
बेलडाँडी गाउँपालिका प्रवक्ता अमर बहादुर खत्रीले आफ्ना नागरिकलाई क्वारेन्टाईनमा राखेर भरपूर उचित व्यवस्थापन गरिएको बताए ।‘हामीले क्वारेन्टाईनमा बसाएकालाई दैनिक खानपिन, बसोबास एव उचित व्यवस्था गरेका छौँ, ‘उनले भने, ‘शुरुमा व्यवस्थापन गर्दा केही समान्य समस्या भएपछि अहिले समाधान गरिरहेका छौँ ।’ प्रवक्ता खत्रीले यस अघि ४३ जना क्वारेन्टाईनमा बसेर घर फर्किएको बताए । उनका अनुसार हाल ३ सय ४६ जना क्वारेन्टाईनमा छन् । ३३ महिला र ३ सय १३ पुरुष रहेका छन् । भने भारत लगायत तेस्रो मुलुकमा रहेका बेलडाँडीका ५ हजार १३ मध्ये ६ सय ८ घर आईपुगेका छन् ।
‘आउनेक्रम जारी छ, ‘उनले भने, ‘भरिएका क्वारेन्टाईन बाहेक नयाँ क्वारेन्टाईनमा व्यवस्थापन गरिरहेका छौँ ।’ बेलडाँडी गाउँपालिकाले क्वारेन्टाईनमा बसेकाको स्वास्थ्य परीक्षण एव निगमित अनुगमन समेत गरेको छ । क्वारेन्टाईनमा बसेका वा स्थानीयमा कोरोनाका लक्षण देखिए अस्पताल पु¥याउन एम्बुलेन्स तयार गरेको छ । क्वारेन्टाईन व्यवस्थापनमा पाँचै वडाध्यक्षहरु क्रमस अमर खत्री, प्रेम खाती, दुर्गा प्रशाद जोशी, बिर बहादुर खडका र कृष्ण रोकाया सहितका कार्यपालिका सदस्य, वडा सदस्य, महिला सदस्य एव दलित महिला सबै जनप्रनिधी एव कर्मचारी खटिएका छन् । खटिएका छन् ।
अनुगमन तथा नीति कार्यक्रममा प्रमुख धन बहादुर थापा, कमला कार्की खटिएका छन् । भारतसंग सीमा जोडिएको बेलडाँडीमा सशस्त्र प्रहरीले सीमा र नेपाल प्रहरीले क्वारेन्टाईन लगायत आन्तरिक सुरक्षमा जुटेका छन् । बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले महामारीको लडाई जित्नका लागि आम बेलडाँडीबासी, जनप्रतिनिधी, राजनीतिक दल, सुुरक्षा निकाय, संचारकर्मी लगायतका सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा अपिल गर्दै आएका छन् ।