जेठ १६ दाङ । कोरोना संक्रमित बिरामी थपीदै जादा नीको भएर घर फर्कनेको व्रम पनी क्रमीक रुपमा बढ्न थालेको छ ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर घर फर्किएका छन् । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज घर पठाईएको लागिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए ।
व्यवस्थापक वलीका अनुसार आज निको भएर घरजानेहरुमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन् ।
उनिहरुलाई औपचारिक कार्यक्रम गरेर नै विदाई गरिएको थियो । ४५ जना मध्य ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमितले उपचार गराइ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline