चितवनकै बाटो भारतबाट काठमाण्डौ आईपुग्छ तरकारी , तर चितवनमा जनताले बारीमै तरकारी ट्रयाक्टरले जोत्न बाध्य

चितवनकै बाटो भारतबाट काठमाण्डौ आईपुग्छ तरकारी , तर चितवनमा जनताले बारीमै तरकारी ट्रयाक्टरले जोत्न बाध्य

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.8K
    SHARES

जेष्ठ १६ चितवन । देशलाई कृषिमा आत्मनिर्भर मात्र हैन निर्यातगर्ने पनि भनेर मन्त्रीहरुले भाषणमा बोल्न छाड्दैनन् । तर व्यवहारमा हेर्ने हो भने देशमा उत्पादन पर्याप्त छैन तर भएका उत्पादनले पनि बजार नपाउदा कृषक बारीमा पोखाउन र जोत्न बाध्य छन् । भारतबाट आउने तरकारी चितवन धादिग हुदै काठमाण्डौ आईपुग्छ , तर चितवनका किशानले तरकारी काठमाण्डौ ल्याउन पाउदैनन् ।
लकडाउन पछि यस्तै भएको पूर्वी चितवनका कृषकलाइ । लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताउनुभयो । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताउनुभएको हो । उहाँले सात कठ्ठा जग्गामा भिन्डी लगाउनुभएको थियो । वैशाख महिनामा उहाँले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताउनुभयो ।

त्यसयता उहाँको भिन्डीले बजार पाएको छैन । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन् ।” बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उहाँको भनाइ छ । बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उहाँले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाउनुभएको थियो ।

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गर्नुभएको छ । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उहाँ निरास हुनुहुन्छ । भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उहाँ हुनुहुन्छ । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गर्नुभएका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्नुहुन्थ्यो ।

तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उहाँको भनाइ छ । उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताउनुभयो । यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडाँै र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भन्नुभयो, “बिचौलिया हाबी हँुदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ । गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए ।
जनताको तरीकारी यसरी खेर गईरहदाँ अरबौको तरकारी भारतबाट आयात हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी