जेष्ठ १६ काठमाण्डौं । सेवाग्राही युवतीलाई यौन शोषण गरेको अभियोगमा पूर्व डिएसी खिउजु पुर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई बिहिबार नख्खु कारागार पठाईएको हो ।
ललितपुरस्थित प्रहरी बृत्त चापागाउँको प्रमुख रहेको बेला उनले गत वर्ष एक युवतीको पुलिस रिपोर्ट बनाउने क्रममा यौनशोषण गरेको आरोप लागेको थियो ।
युवतीसँग वैवाहिक सम्बन्ध राख्ने प्रलोभन दिई लगातार चार महिना यौन शोषण गरेको युवतीले जाहेरीमा दाबी गरेकी थिईन् ।
जाहेरी परे पछि फरार रहेका खिउजुलाई पक्राउ परे पछि जेल चलान गरिएको हो । अब यो मुद्धाको अन्तिम किनारा नलाग्दा सम्म खिउजु जेलमै रहनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline