पश्चिमी नाका गड्डाचौकीमा राष्ट्रिय झण्डा फरफराउदै

पश्चिमी नाका गड्डाचौकीमा राष्ट्रिय झण्डा फरफराउदै

  • बिहिबार, जेष्ठ १५, २०७७
  • डम्मर राज भट्ट

  • 24.8K
    SHARES

कन्चनपुर, १५ जेठ । नेपाल–भारत जोड्ने देशकै पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । १३ ओै गणतन्त्र दिवसको अवसरमा विहीवार साँझ भीमदत्त नगरपालिकाले ७७ फिट अग्लो स्तुभमा राष्ट्रिय झण्डा फहराएको हो ।

यस कार्यलाई देशकै ७ सय ५३ स्थानीय तह र भारतसंग सीमा जोडिएका मुख्य प्रवेसद्वार मध्ये ऐतिहासिक कार्य भएको छ । यस अघि भारतमा अंग्रेज शासनकै समयमा सन १९२८ तिरमहाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा नेपाल–भारतको राष्ट्रिय झण्डा थियो ।

भारतले पुल निर्माण भएको केही बर्षपछि नेपालको झण्डा हटाएको थियो ।शारदा ब्यारेजमा राखिएको झण्डापछि पश्चिम नेपालको प्रवेसद्वारमा पहिलो पटक राष्ट्रिय झण्डा स्थापना गरिएको छ । झण्डा उत्तोलन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले विदेशबाट स्वदेश फर्किने नेपालीलाई नेपाल पुगेको खुसी महसुस हुने बताए । ‘विदेशबाट फर्किदा आफ्नो राष्ट्रियताको आभाव हुन्छ, ‘प्रजिअ अधिकारीले भने, ‘हरेक नेपालीले झण्डा अवलोकन गर्दै खुसी व्यक्त गर्नेछन् ।’

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले देशका ७७ जिल्लालाई सम्बोधन गर्ने हिसाबले पश्चिम नेपालको गड्डाचौकीमा नेपालको झण्डा स्थापना गरेको बताए । भारत जाँदा वा भारतवाट फर्किदा हरेक नेपालीलाई झण्डाले नेपाल आमाप्रतिको अद्याग प्रेरणा जागृत गराउने, वीरताको प्रतिक, जन्मभूमिको याद महसुस गराउने भन्दै मेयर विष्टले झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी