जेष्ठ १५ बीरगञ्ज । देशमा निरन्तर कोरोना संक्रमित बढीरहेका बेला अहिले साझँ पर्सामा थप ४ जना कोरोना संक्रमित फेला परेका छन् ।
पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नं वडा नं ९ मा तीन जना पुरुष, र वडा नं ६ मा एक जना पुरुषमा कोरोना देखिएको कोरोना अस्थायी अस्पतालका प्रमुख डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।
उनीहरु २१, ३७, ३९ र ४२ बर्ष उमेरका रहेको पनि उहाँले जानकारी दिनु भयो ।
उनीहरुलाई नारायणी अस्पताल अन्तरगत गण्डक कोरोना बिशेष अस्पतालको आईसोलेसनमा ल्याईदै गरेको पनि डा. उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline