जाजरकोट, १५ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरुले सोति काण्डका दोषीलाई छानबिन गरि हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिती जाजरकोट, युवा संगठन नेपाल, जाजरकोट, दलित मुक्ती मोर्चा नेपाल, जाजरकोटले र अखिल महिला संघ (क्रान्तिकारी) जाजरकोटको संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि कार्वाहि गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, हत्यारालाई जो कोहिले पनि संरक्षण गर्न नखोजोस ।कुनै पनि सरकारीनिकाय, राजनैतिक दल, तथा कोहि कसैले पनि पिडक पक्षलाई धम्की डर देखाई घटनालाई बिर्सिदिन दबाद नदिउन ।
नेकपा यो घटनाको सत्य तथ्य छानबिन गर्न सहयोग गर्ने जनाउदै अखिल (क्रान्तिकारी) जाजरकोट का सचीव दिपेन्द्र सिंह (समीप) ले कुनै बहानामा दोषिलाई जोगाउन खोजे आफुहरुले नछाड्ने बताए ।
युवा संगठन नेपाल, जाजरकोटका अध्यक्ष विवशले कोरानाले त्रसित बनाईरहेको यो परिस्थितिमा जाजरकोटका युवाहरुको अमानविय हत्याले स्तब्ध भएको भन्दै घटनामा संलग्नलाई हदैसम्मको कार्वाहि गर्न माग गरे ।
जातिय बिभेदको पृष्ठभुमिमा गरिएको मानवता बिरोधि जघन्य अपराधले नेपाली समाजको बिक्रित चेहरा अगाडि ल्याएको पनि उनले बताए ।
जातिय बिभेदको सदियौ लामो उत्पिडनका हजारौ श्रृखला भएको भन्दै त्यो मध्य यो पनि एउटा दुःखद नमुना भएको बताए ।
जातिय बिभेदका कारण बिबहा नै अबरोध भएको हो पहिले घटना पक्कै होईना कयौं जोडिहरु जात नमिलेकै कारण आत्महत्या गर्नु परेको छ । कतिले आफ्ना घर परिवार गाउँ, समाज देखि टाढै बस्नु पर्ने वाध्यता छ । विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी अखिल (क्रान्तिकारी) जाजरकोट का अध्यक्ष बिराजन शाहीले २१ औं शताब्दीमा आईपुग्दा पनि जातीययुवाहरुको सामुहिक हत्या निन्दनीय भएको बताएका छन् ।