मोरगं बेलबारीमा आमालाई ईट्टाले हानेर मारे पछि छोराले आफैलाई छुरा हानेर गरे आत्महत्या

मोरगं बेलबारीमा आमालाई ईट्टाले हानेर मारे पछि छोराले आफैलाई छुरा हानेर गरे आत्महत्या

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

जेष्ठ १५ मोरङ । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् ।

आमाको हत्या गरेपछि उनले आफैलाई शरिरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । घाँटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको पनि बेलबारी स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

आमा देवीमाया लिम्बुको शव पोष्ट मार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋिशिराज ढकाललले जानकारी दिए । घरमा आमा छोरामात्रै बस्दै आएका छिमेकीले बताएका छन् । घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी