मरेपछि मेरो बारे …..

मरेपछि मेरो बारे …..

  • बिहिबार, जेष्ठ १५, २०७७
  • -पदमकुमार श्रेष्ठ ' अरबिन्द '

  • 11.3K
    SHARES

फूल जस्तो तिम्रो यौवन ओईलाएर नझरोस् है,
मरेपछि मेरो बारे भ्रामक कुरा नछरोस् है।
मर्नुपरे मर्छु भन्थ्यौ गाह्रो सार्हो नपरोस् है,
बोल्नु तिमी साहस गरि ईच्छा तिम्रो नमरोस् है।
प्रेममा खोट दलित देख्ने पारितिर नतरोस् है,
मलाई दोषी देखाउदै भिडको कान नभरोस् है।
हाम्रो साचो प्रेमलाई राजनीतिले नलगोस् है,
शरीर तिम्रो सिथिल होला तर आवाज नगलोस् है।
कारबाहीको माग गर्दै नारा जुलुस नचर्कोस् है,
बाहिर सहि भित्री रूपमा नुन खुर्सानी नछर्कोस् है।
फूल जस्तो तिम्रो यौवन ओईलाएर नझरोस् है,
मरेपछि मेरो बारे भ्रामक कुरा नछरोस् है।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी