जेष्ठ १३ बुध्दशान्ति । विगत लामो समय देखि सामाजिक कार्यहरुमा सक्रिय जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले लकडाउनका कारण समस्यामा रहेका २९ विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।
स्थानीय निकायसँगको समन्वयमा वार्ड १ मा ३, २ मा ६, ३ मा ६, ४ मा ५ तथा ५, ६ र ७ नम्बर वार्डमा ३, ३ परिवारलाई करिब ७० हजार बराबरको खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष संजिल प्रसाईले बताए ।
मदन सिगौरेको पहलमा अमेरिकामा रहेका उनको परिवारबाट सहयोगका लागि रकम प्राप्त भए पछि स्थानीय निकायको समन्वयमा राहत वितरण गरिएको संस्थाका सचिव गोकुल पौडेलले जनाउँदै आगामी दिनमा पनि लकडाउन लम्बिए विपन्न वर्ग पहिचान गरि थप सहयोग गर्दै जाने उनले बताएका छन् ।
राहत वितरण संगै केही दिन अघि संस्थाले इलाका प्रहरी कार्यालयलाई ज्वरो नाप्ने यन्त्र थर्मल गन समेत प्रदान गरेको थियो । अब केही दिनमा सातै वटै वडा कार्यालय र सशस्त्र प्रहरी बल टिमाईलाई समेत थर्मल गन उपलब्ध गराइने अध्यक्ष प्रसाईले जानकारी दिए ।