जेष्ठ १४ काठमाण्डौँ । विप्लव नेतृत्वको नेकपाको भेरी कर्णाली ब्यूरोले कोरोनाले उत्पन्न संकटका बेला भएको बन्दा बन्दीमा भ्रष्टाचार, कमिसन देखि यौन धन्दा, लागू औषध तस्करी, जाँडरक्सी जस्ता विकृति बढेको भन्दै त्यस्तो सुचनालाई अध्ययन गरेर संघर्षको उपयुक्त विधि चाल्ने चेतावनी दिएको छ ।
भेरी कर्णाली ब्यूरो ईन्चार्ज रबीले विज्ञप्ति जारी गरी बन्दा बन्दीका समयमा बन तस्करी, अवैध गिट्टी बालुवा तस्करी भईरहेको भन्दै माफियाहरुलाई शसक्त कार्बाही गर्ने चेतावनी दिएका छन् ।
यसै गरी विज्ञप्तिमा कोरोना परीक्षणको विस्तार तथा औषधी उपचारको सर्वसुलभता बनाउनु पर्ने, क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको गाईडलाईन अनुसार नभएको, स्वास्थ्यकर्मी, औषधी उपचार देखि खानपिन समेत गुणस्तीय नभएको, बन्दाबन्दीको पालना गर्ने गराउने सम्बन्धमा समेत कमिसनको खेल भईरहेको, पावर र पैसा हुनेले चैन गर्ने तर गरीब संकटमा पर्ने स्थिति आएको, बढी हल्ला गर्ने तर व्यवहारमा आवस्यक राहत नदिने जस्ता समस्या औल्याउदै यसलाई अविलम्ब समाधान गर्न अपील गरिएको छ ।
ईन्चार्ज रबीले राहतमा कमिसन र पुर्वाग्रह एव भेदभाव चलेको भन्दै यसलाई अविलम्ब रोक्न पनि माग गरेका छन् ।
