नवलपरासी पश्चिममा श्रीमतीले गरिन श्रीमानको हत्या , श्रीमती प्रहरीको फन्दामा

नवलपरासी पश्चिममा श्रीमतीले गरिन श्रीमानको हत्या , श्रीमती प्रहरीको फन्दामा

  • बुधबार, जेष्ठ १४, २०७७
  •  रबिन्द्र यादव

  • 11.5K
    SHARES

नवलपरासी पश्चिम १४ जेठ नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको अाशंकामा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ ।

अन्दाजी ३६ वर्षीय पार्वती देवी चौधरीले ३७ वर्षीय श्रीमान् धर्मेन्द्र चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । स्थानीयका अनुसार उनलाई सोमबार नै हत्या गरि घर भित्र राखिएको हुन सक्ने जनाएको छ ।

स्थानीयले सुचना दिएको दस मिनेट भित्र एसपी अजय केसीको नेतृत्व तथा इलाका प्रहरीको संयुक्त टोलीले मंगलबार राति प्रहरीले घरमा छापा मार्दा घर भित्र धर्मेन्द्र चौधरीको लास भेटिएको थापाले बताए ।

घाँटीमा निल डाम, टाउकोमा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा मृत फेला परेको र लाशको प्रकृति तथा घटना स्थल हेर्दा मृत्यु संकाष्पद देखिएको भन्दै अनुसन्धानका लागि श्रीमतीलाई पक्राउ गरिएको हो । मृतकको शब पृथ्वी चन्द्र अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको जिल्ला प्रहरीले जनाएको छ ।

अहिले मृतकका श्रीमती पार्वती लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर अदालतको थप म्यादमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ