रुकुमको हत्याकाण्डलाई ढाकछोप नगर्न नेकपा राप्ती ब्यूरोद्धारा चेतावनी

रुकुमको हत्याकाण्डलाई ढाकछोप नगर्न नेकपा राप्ती ब्यूरोद्धारा चेतावनी

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

जेष्ठ १४ काठमाण्डौं । रुकुम पश्चिममा घटाइएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीउपर कडा कारबाही गर्न माग गर्दै यसलाई कुनै पनि बहानामा ढाकछोप नगर्न चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज समरले आज एक प्रेस विज्ञप्ति जारी गरि जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती निवासी सुष्मा मल्लबिच केही वर्ष अगाडिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा बदल्नका लागि नवराज विकसहित १८ जनाको समुह सुष्माको घरमा जाने क्रममा केही जनप्रतिनिधिको योजना र नेतृत्वमा घेरा हाली आक्रमण गरिएको घटना अत्यन्तै क्रुर, निन्दनीय र विभत्स भएको बताएका छन् ।

उक्त घटनालाई तोडमोड गर्ने हर्कत र षड्यन्त्रहरु भइरहेको भन्दै घटनामा संलग्न दोषीहरुउपर कार्वाही गर्न र घटनाको वास्तविकतालाई ढाकछोप वा विषयान्तर गर्ने षड्यन्त्रहरुप्रति विभिन्न सरोकारवाला निकाय र आम जनतालाई सचेत रही खबरदारी गर्न अपिल गर्नु भएको छ ।

विज्ञप्ति मार्फत उक्त पाशविक, जघन्य र निशृंशतापूर्वक हत्या गरिएका युवाहरू नवराज विक, टिकाराम विक र गणेश बुढा मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता पारिएका ३ जनाको अविलम्ब खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ