जेष्ठ १४ काठमाण्डौं । देशभर निरन्तर कोरोना संक्रमित बढ्ने क्रम तीव्र बनेको छ ।
आज दिउसो मात्रै धरान, विराटनगर, काठमाण्डौ, मकवानपुर, भेरी, राप्ती लगायतका प्रयोगशालामा भएको परीक्षणमा अहिले सम्मकै एकै दिनमा सबै भन्दा धेरै एक सय १४ जना संक्रमित थपिएका छन् । यो सगँै देशभर संक्रमितको सख्या ८ सय ८६ पुगेको छ । भने ४ जनाको मृत्यु भएको छ । १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।
सप्तरी, झापा, बाग्लुगं, रौतहट, सिराहा, बारा, दाङ लगायतका जिल्लामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जना , कोसी प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना, बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना, २८ जना रहेका छन् ।
प्रादेशिक हिशाबबाट हेर्दा कुल संक्रमित जिल्ला ४७, प्रदेश १ – १०३ प्रदेश २ – ३२४, बागमती – ३९ , गण्डकी – १३ , प्रदेश ५ – ३६५ ,कर्णाली – २५, सुदूरपश्चिम- १७ रहेका छन् ।