कुसंस्कारको भूमरीले निल्यो चोखो प्रेम, यस्तो आयो प्रेमिकालाई स्व. नवराजको मार्मिक पत्र !

कुसंस्कारको भूमरीले निल्यो चोखो प्रेम, यस्तो आयो प्रेमिकालाई स्व. नवराजको मार्मिक पत्र !

  • बुधबार, जेष्ठ १४, २०७७
  • निरन्जना चन्द 'निरु', बर्दिया

  • 46.6K
    SHARES

प्रिय ! मेरी नझरेकी फुल एक अंगालो चोखो मायाको हंंगालो छ तिमीलाई ।

..हो, त्यही हंंगालोले वेपत्ता पारिएको एक पागलप्रेमी हुँ म । तिमीलाई फेरी सम्झने दुष्प्रयास गरीरहेको छु मैले । तथाकथित यो समाजले गाडेका जातिय स्तम्भहरु ढालेर हिँड्ने क्रममा म आफै ढलेको छु तर गलेको चाँही पक्कै छैन, अब यी आखाँहरुबाट आँशु झर्ने छैनन् , यी अधरहरु हाँस्ने त छन् तर खित्का छाड्ने छैनन् । रुढीका कैयौ लाठीहरुले हिर्काएका यी अंग-प्रत्यंगहरु त्यो बेला झमझमाउथे , जातिय विभेदका नाराहरुले कैयौ पटक छाती चिरिन्थ्यो , १९ बर्षे युवा न हुँ । उच्च संवेग थाम्न नसकी दाँत कुडिन्थ्यो किनकि त्यतिबेला अन्यायका पक्तिहरु मेटाउन दुष्प्रयास गर्ने एक क्रान्तिपुत्र भएर जन्मिएको थिँए । जब तिम्रो न्यानो अंगालोमा बाधिन्थे तब धर्ती चुम्थे, आकाश छुन्थे । छितिज पारी दुनियाँमा एउटा छुट्ट्रै सुन्दर संसार बसाउने सपना देख्थें । यो स्वप्निल कल्पनामा हामी कति दिन हराएका पनि त थियौँ है, प्रिय !  अब यहाँ मैले तपतप आँशु टिपीसकेको छु , नेपाल आमासगँ प्रार्थना गरेको छु । आमा ! तिम्रो कोखीको घारो बनाईदेउ मलाई एक पटक तिम्रो घोडो भएर जन्मिने छु म । तिम्रा काखमा जरा गाडेर बसेका ती जातिय विभेदकारी समाजलाई उचालेर दौडाउने छु । निर्दयी जातका हिटलर आत्माहरुलाई दयावान बनाउने छु । हुनत युद्ध गर्न सजिलो छ , प्रेम गर्न गाह्रो छ जहाँ पलपल मरिन्छ भन्ने पनि हिटलर नै हुन् । तर उनले प्रेम गर्न सिकाएका थिए । म छिट्टै आउदैछु । प्रिय उही शाहस र हिम्मत लिएर । तिमीलाई समाईराख्ने त्यो दुष्ट रुखको डाली चुँडालेर फ्याक्ने आँट लिएर तर एउटा शान्ति पुत्र भएर । मलाई थाहा छ यो पत्र तिमीलाई पल्पल् तड्पाउने हतियार बन्ने छ । किनकि घाउ मलाई छ, दुखाई तिमीलाई छ । स्वर्गको छानामाथि रहेर तिमीले चुमेका यी औलाहरुले यो पत्र लेख्न बाध्य भए । आज छामी हेर्दा धड्कन मात्र आएछ मुटु त तिमीसगैँ छुटाए छु । त्यही रात त्यही ठाँउ अनि त्यही भेरी किनार जहाँ हामीले ति ढुँगे मुर्ति भाकेका थियौँ । फेरी मलाई तिनै ढुंगाले हिर्काएर बगाईएको थियो । सीमा नाघेर उर्लने हाम्रा रहरहरु भेरीका उर्लने छालहरुसगैँ बग्दा ती भगवान टुलु टुलु हेरेर बसे । हुन त म भगवान विरोधी भने पक्कै हैन । तर शंका छ मलाई यो जातिय वितण्डता मच्चाउने प्रमुख पात्र कतै उनै पो हुन् कि ? अब तिमी नै भन प्रिय म यहाँ कुन भगवान पुजौँ ? न तिमीलाई लिन सके न युद्ध जित्न नै सँके । वश ! तिम्रो लागि यो ज्यानको आहुती मात्र दिन सँके । चोखो प्रेमलाई बलिदान दिन सके । अन्तिममा, ए । समाज अलिकति विवेक अझै बाँकी छ भने यो दिनलाई नेपाली भ्यालेन्टाईन डे बनाई दे । जहाँ कैयौँ प्रेमील जोडीहरु सम्झिरहुन् , झस्किरहुन् । सधैँ सधै एउटा दिप जलाईरहुन् , प्रेम दिवस मनाईरहुन् । यो जुनिको हाम्रो बिछोड एउटा संयोग मात्रै थियो, न आत्तिएर बस , प्रिय अझै सात जुनि त बाकीँ नै छ ।

पुनः अर्को अर्को  जूनीमा भेट्ने बाचा सहित बिदा हुन्छु ल । उही तिम्रो भुइँप्रेमी नबराज ।

मिति: ३०७७ जेष्ठ १४ !

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी