कन्चनपुर, १४ जेठ कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चान्देव स्थित रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बसेका तीन जनामा आरडिटी पोजेभिट देखिएपछि उनीहरुको थप उपचारका लागि महाकाली अस्पतालमा ल्याईएको छ ।
भारतबाट फर्किएका तीनै जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधीबाट कोरोना परीक्षणका लागि धनगढी पठाईएको महाकाली अस्पतालले जनाएको छ । २०, ३० र ३२ बर्षिया तीनै जना युवक अहिले महाकाली अस्पतालको आईसोलकन वार्डमा राखेर उपचार भईरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले बताए ।
अध्यक्ष जोशीले भारतबाट धेरै नेपाली घर फर्किएकाले उनीहरुको पिसिआर नै परीक्षणमा जोडदिए । लकडाउन पछि कञ्चनपुरको नाका भएर २१ दिनमा ८ हजार बढि नेपाल भित्रिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline