प्रेस यूनियन कञ्चनपुरद्वारा सकृय पत्रकारहरूलाई मास्क र सेनिटाईजर बितरण

प्रेस यूनियन कञ्चनपुरद्वारा सकृय पत्रकारहरूलाई मास्क र सेनिटाईजर बितरण

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • डम्मर राज भट्ट

  • 6.5K
    SHARES

कञ्चनपुर, १३ जेठ । नेपाली काँग्रेस निकट नेपाल प्रेस यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा यूनियन कञ्चनपुरले जिल्लाका सकृय पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो ।

मंगलबार महेन्द्रनगरमा यूनियन कञ्चनपुरले जिल्लाका ३० सकृय पत्रकारलाई मास्क र सेनिटाईजर वितरण गरेको हो । प्रेस यूनियनका केन्द्रीय पार्षद आशिष खत्रीले यूनियनलाई उक्त समान डोनेशन गरेका थिए । यूनियनका केन्द्रीय पार्षद खत्रीले कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दलाई हस्तान्तरण गरेका थिए ।

अध्यक्ष चन्दले कृयाशिल पत्रकारलाई वितरण गरेका थिए । अध्यक्ष चन्दले स्थापना दिवसका अवसरमा कोडिभ १९ को जोखिम मोलेर रातदिन जनतालाई सुचनाको अधिकार दिलाउन खटिएका पत्रकारलाई हौसला प्रदानका लागि वितरण गरिएको छ । प्रेस यूनियन कञ्चनपुरका सचिव मनोज भट्टले संचालन गरेको कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

स्थापना दिवसमा मिठाई समेत वितरण गरेको यूनियनको कार्य सरानिय भएको पत्रकारहरुले बताएका छन् । स्वतन्त्र पत्रकार संघ एव नेपाल फोटो पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष पुष्कर भट्टले यूनियनले कृयाशिल सबै पत्रकारलाई समेटेर स्वास्थ्य सुरक्षा समाग्री दिएको भन्दै आभार प्रकट गरे ।

यूनियन कञ्चनपुरका अध्यक्ष चन्दले आगामी दिनमा समेत कृयाशिल पत्रकारका लागि राहत कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ