कन्चनपुर, १३ जेठ । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको त्रास मच्चिएका बेला पनुर्वास नरपालिकाकी उप प्रमुख शारदा बिष्टको टोलीद्धारा नगरपालिका भित्रका ६ वटा क्वारेन्टाइनको अनुगमन गरिएको छ ।
उप प्रमखको नेतृत्वमा इलाका प्रहरी कार्यालय पुनर्वास प्रमख वकिल बहादु सिंह, पत्रकारहरु लगायतको टोलीले आज नगरका ६ वटा क्वारेन्टाइनको अवस्थाको बारेमा अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा शौचालय, र पानीको समस्या बाहेक अरु सबै ठिकै भएको बताए । भारतबाट आउनेको संख्या बढ्न थालेपछि थप व्यवस्थापन गर्ने विषयमा सम्वन्धित वडाका वडाध्यक्षहरु संग छलफल गर्नुहुदै उप प्रमुखले भने खानपिनको व्यवस्थामा कमी नगर्न अनुरोध गर्नु भयो । क्वारेन्टाइनमा वाहिरको खानेकुरा अहिले नल्याउन दिन अनुरोध गर्दै यस बाट डराइहाल्नु पर्ने अवस्था नरहेको उहाँले बताउनु भयाे ।
सामाजिक दुरी कायम राख्दै राम्रो कुराको छलफल गर्दा राम्रै हुने जनाउनु भयो । आफ्नो पालिकालाई कोरोना मुक्त पार्न अहोरात्र खटिएकी बिष्टले भने पनर्वासका नागरिकको स्वास्थ्य सुरक्षालाई आफुहरुले ध्यान दिएर आवश्यत्ता अनुसरा क्वारेन्टाइन थप्ने समेत बताउनु भयो ।
इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी प्रमुख निरीक्षक वकिल बहादुर सिंहका अनुसार आफुहरुले राज्यले दिएको जिम्मेवारी पुरा गर्न अहोरात्र १८,१८ घण्टा खटिएर काम गर्न लागेको बताउदै कोरोना भाइरस न्युनिकरण गर्न सबैले सरकारले दिएको निर्देशन पालना गर्नुपर्नेमा जोड दिनुभयाे ।
क्वारेन्टाइनमा बसेकाहरुलाई आत्मबल बढाएर बस्न, हौसला दिदै आफु र परिवारका लागि भए पनि क्वारेन्टाइनमा बस्नु परेको बताउनुभयाे । आज गरेको अनुगमन वडा नंं.११ देखि शुरु भएको थियो भने जसमध्ये वडा नं.११ राष्ट्रिय मा.वि.मा ६३ जना, वडा नं.१० विजय माविमा ४४ जना, वडा नं.२ सरस्वती माविमा २४ जना, वडा नं.१ सरस्वती आधारभूत ढक्कामा ७ जना, वडा नं.१ मै रहेको मालिका आधारभूतमा ११ जना, वडा नं.४ घ गाउँमा रहेको दुर्गा माविमा ८ जना आजको मिति सम्म रहेको जनाइएको छ । भने भोली बाकी क्वारेन्टाइनमा अनुगमन गरिने पालिकाले जनाएको छ