बालबालिका सहित रौतहटमै मात्रै २२ जना फेरी थपिए संक्रमित

बालबालिका सहित रौतहटमै मात्रै २२ जना फेरी थपिए संक्रमित

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जेष्ठ १३ काठमाण्डौं । रौतहटको चार नगरपालिकामा आज थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसमेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको छ । त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आइसोलेसन वार्ड अभावका कारण संक्रमितहरुलाई राख्न समस्या हुन थालेको छ । संक्रमितहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । संक्रमण पुष्टि भएकाहरुमा तीन जना बालबालिकासमेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ