कन्चनपुर १३ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाम गौ हत्याको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
मगलबार बिहान करिब साढे चार बजेको समयमा यु.पी.२६ यु. ५४४६ नम्बरको हिरो कम्पनीको प्यासन बाईकमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका वडा नम्बर ५, पशुपति चोक नजिकैबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३, रामबस्ती घर भएकी वर्ष ४५ कि माईली तामाङ, सोही ठाउँकी वर्ष ३१ की प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक वर्ष ३१ का ऐजाज अहमद रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
गाई काटिरहेको भन्ने विशेष खबरका आधारमा प्रहरी टोलीले उनीहरुलाई डेढ कट्ठा गाईको मासु सहित रङ्गेहात पक्राउ गरेको प्रहरी निरीक्षक सिंहले बताए ।
बरामद मासु प्रहरी बयानमा गाईको खुलेपनि मासु परीक्षणका लागि धनगढी पठाइएको र पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि आजै जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिएका छन् ।