कन्चनपुर , १३ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको छ । मंगलबार गाउँपालिकाले गरेको परीक्षण आरडिटीमा दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको हो । लालझाडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको बताए ।
उनका अनुसार भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा रेपिटटेष्ट पोजेटिभ देखिएपछि उनीहरुलाई छुट्टै राखिएको छ । उनीहरू गत बैशाख ३१ गते भारतको हरियाणा देखी लालझाडी गाउँ पालिका आईपुग्यका थिए ।
थप पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलनको तयारी थालिएको छ । समाजिक दुरी कायम गर्दै लकडाउन पालना गर्न गाउँपालिकाले गाउँवासीमा पटक पटक अनुरोध गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline