भक्तपुर जेष्ठ १३ । टिपरको ठक्करबाट सडकमा ड्युटी गरीरहेका प्रहरी प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ । मध्यपुर थिमि–४ नयाँथिमीमा गएराति राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको टिफरले उनलाई ठक्कर दिएको थियो ।
उनी महानगरीय प्रहरी वृत्त थिमीमा काजमा खटिरहेका थिए । ठक्कर दिए पछि गंभीर घाईते भएका घर्तीलाई मध्यपुर अस्पताल पुर्याएर त्यस पछि नर्भीक अस्पताल लगिएको थियो । तर उनलाई राति नै मृत घोषित गरियो ।
सईलाई ठक्कर दिने टिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी टिपरुगँ ठोकिएर दुर्घटना भएको थियो ।
सईलाई ठक्कर दिएर भागेका टिपर चालक राजेन्द्र प्याकुरेललाई कौशलटारबाट नियन्त्रणमा लिईएको थियो । त्यस्तै अर्को मिनि टिफरको चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline