इतिहास बङयाउनुको परिणाम र आशाका किरणहरु

इतिहास बङयाउनुको परिणाम र आशाका किरणहरु

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • –नारद पोखरेल

  • 22.8K
    SHARES

यो देश दानमा आएको होइन । कसैको दाइजोमा पाएको पनि होइन । लाखौं नेपालीको बलिदानबाट आफ्नै भूगोलमा निर्माण भएको राष्ट्र हो । पृथ्वी नारायण शाहले यसलाई पुनरएकिकरणको नेतृत्व गरी एकताको जागरण गराए । टिष्टा देखि सतलजसम्मको सिमा रक्षा गर्न सफल थिए नेपालीहरु । सिमा अतिक्रमण त परै जाओस नेपाल प्रति सोझो आँखा लाउन समेत भारि पथ्र्यो छिमेकिलाई । बेलायति साम्राज्यको दबदबा हुदा पनि पुर्खाले जोगाएको मुलुको हो नेपाल । जुन कहिले पराधिन भएन । “कायर हुनुभन्दा मर्नु निको” भन्ने गोर्खालीको स्वाभिमानी आवाज सुन्दा सत्रुको होस उड्थ्यो । मुटु लगलग काम्थ्यो । विशाल हिमाली अधिराज्यका स्वाभिमानी नागरिकदेखि दक्षिणको कम्पनि सरकार भयग्रस्त थियो । पटक पटकको युद्वमा गोर्खालीद्वारा पराजित भयो कम्पनी सरकार । सिधै युद्व गर्दा परास्त गर्न असम्भव देख्यो अंग्रेजले । हारको पिडाले ऊ असह्य थियो । भित्रभित्रै कुन्ठाले छटपटियो । अब उसले षडयन्त्रको निती अख्तियार गर्यो । सामुन्य मिठो बोल्ने भित्रबाट सकुनी पासा फ्याक्ने जालो तयार पार्यो । नेपाल बलियो हुँदा अंग्रेजको वर्चश्व गुम्ने खतरा देख्यो उसले । त्यसैले जसरी पनि नेपाल कमजोर होस् भन्ने प्रयत्नमा लाग्यो । छलकपट र युद्व सगै लान थाल्यो । उसको कपटपूर्ण गतिविधिलाई सघाउन यहाँ केहि विभिषणहरु तयार भए ।अन्तत गोर्खाली फौज र अंग्रेज बिच भिषण युद्व भयो । एकातिर युद्व हुदैथियो अर्कोतिर नेपाली अनुहारका द्रव्यलम्पटहरु सत्रुसंग मिल्न पुगे । केहि राष्ट्रघातिको समर्थन भएकाले बेलायति सरकार हौसिएको थियो । षडयन्त्र पूर्वक गोर्खाली फौजलाई चारैतिरबाट घेराबन्दिमा पारियो । पानीको श्रोत बन्द गरियो । यस्तो प्रतिकुल परिस्थीतिमा समेत गोर्खालीहरु लड्न छाडेनन् । पानीसम्म नपिइ नेपालीहरु रणभूमिमा डटिरहे । त्यतिबेलासम्म हजारौ योद्वाले साहादात प्राप्त गरिसकेका थिए । अकस्मात त्यो परिस्थिती आउँदा गोर्खाली फौज बाध्य भएर युद्वविराम गर्न पुग्यो । त्यसैको परिणाम हो १८१६को सुगौली सन्धी । जसको पिडाले नेपालीको मन र मस्तिष्कमा बारम्बार घोचिरहन्छ ।
आज राष्ट्र एक भएको छ । वषौंदेखि छिमेकीले हडपिएको भूमी प्राप्तहुने विश्वास जागेको छ । सरकारले अतिक्रमित भूमी समेटेर हालै नक्सा जारी गरेकोछ । जसबाट भावी पुस्तालाई आफ्नो साँध सिमाना थाहा पाउने अवसर मिलेको छ । सरकारको यो कदममा छिमेकीले नखेल्ला भन्न सकिदैन । पहिला धम्कियाउँने पछि यतैका विभिषण लाएर खरिद बिक्रि गर्ने उसको नीति छ । यस्तो नकच्चरो व्यवहारले समय समयमा साँध सिमाना हराउँदै गएकोछ । यस प्रति राज्य सजग हुनुपर्छ । नागरिकले पनि राष्ट्र प्रतिको कर्तव्य निर्वाहमा अझ बढि क्रियाशिल हुनुपर्छ । अहिले नागरिकमा अभूतपूर्ण एकता छ । यसबाट असत्यको साहारा लिनेहरु आत्तिएकाछन् । भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनता रक्षार्थ यो एकता देखिएको हो । त्यसलाई खण्डित पार्ने दुस्साहास नेपाली अनुहारका दासहरु पुन प्रयोग हुने प्रबल सम्भावना छ ।
पृथ्वी नारायणको निधन पछि इष्टइन्डिया कम्पनी सरकारले यहाँ टाउको उठाउने प्रयास गर्न थाल्यो । उसलाई सफलता हात लागेको थिएन । आन्तिरिक राजनीतिमा पनि षडयन्त्र भइरह्यो । त्यसको कोपभाजनमा बहादुर शाह पर्नगए । उनको हत्यासम्म गरियो । सोहि क्रममा पछि राजा राजेन्द्रसम्म आइपुग्दा नेपाली राजनीतिमा जाल झेल र षडयन्त्रको नाङ्गोरुप उदाङगीयो । एकातिर थापा र पाण्डेको लुछाचुडि अर्कोतिर आफ्नो छोरो राजा बनाउने होडमा दुवै महारानी बिचको कलहले चरम अस्थिरता देखापर्यो । त्यहि अस्थिरता भित्र खेल्दै सयौ सुरक्षाकर्मी र भारदारको हत्या गरि जङ्गबहादुरले सत्ता हत्याउन पुगे । निरंकुसताका पर्याय मानिएका जङ्गबहादुरले त्यो अध्याँरो युगमा पनि नेपाली आत्मासम्मान बचाएर राखे । उनको चातुर्यबाट गुमेको केहि भूभाग फिर्ता भयो ।

षडयन्त्र पूर्वक गोर्खाली फौजलाई चारैतिरबाट घेराबन्दिमा पारियो । पानीको श्रोत बन्द गरियो । यस्तो प्रतिकुल परिस्थीतिमा समेत गोर्खालीहरु लड्न छाडेनन् । पानीसम्म नपिइ नेपालीहरु रणभूमिमा डटिरहे । त्यतिबेलासम्म हजारौ योद्वाले साहादात प्राप्त गरिसकेका थिए । अकस्मात त्यो परिस्थिती आउँदा गोर्खाली फौज बाध्य भएर युद्वविराम गर्न पुग्यो । त्यसैको परिणाम हो १८१६को सुगौली सन्धी । जसको पिडाले नेपालीको मन र मस्तिष्कमा बारम्बार घोचिरहन्छ ।

नागरिक शासन भनिएको हालको लोकतन्त्रमा पनि धोखा र षडयन्त्रबाट राजनीति अछुतो रहेन । स्वार्थ भन्दा माथि उठ्न नसक्दा लम्पसारबाद हावी भयो । लोभले मानिस भ्रष्ट हुन्छ । शक्ति र सम्पति बाहेक अन्यत्र ध्यान जादैन । सत्ता जोगाउनकै लागि पराइको आरति उतार्न लाज हुदैन । २०६३ को परिवर्तन यता यहाँको राजनीतिमा लम्पसारबाद तिब्र रुपमा प्रवेष भयो । नाकाबन्दीताका वर्तमान प्रद्यानमन्त्रीको चट्टानि अडानले नेपाली स्वाभिमान सगरमाथा छुनेगरि चुलिएको हो । त्यति बेला नागरिकले सरकारलाइ पूर्ण साथ समर्थन दिए । छिमेकी लत्रियो पनि तर होली वाइनसम्म आउँदा जनताको भरोसा निरासामा परिणत भयो । तसर्थ यहाँ कसको विश्वास गर्ने?कसलाई भरोषा गर्ने? पटक पटक धोखा पाउँदा नागरिकमा विश्वासको संकट पलाएको छ ।
देश ठुलो सानो हुदैन । राष्ट्रियता सबैको प्यारो हुन्छ । हामीले हाम्रो विशाल नेपाल देउ भनेका छैनौं । सुगौली सन्धिमा जे तमासुक गरियो त्यति जग्गा हाम्रो भागमा पर्छ मात्र भनेको हो । अहिले भारतका केहिँ  बुद्धीजीवी भनिनेबाट हाम्रो आत्मासम्मानमा चोट पुग्नेगरि बर्बराएकाछन् । के बिगारेको छ नेपालीले? जो चोर उसैको ठूलो स्वर गरेर हुन्छ? नीतिशास्त्र अनुसार –“जो सँग सत्य हुँदैन उसले झुठको साहारा लिन्छ । जो सँग प्रमाण हुँदैन, इतिहासको ज्ञान पनि छैन , ऊ बढि बोल्छ ।” बहादुर बोल्दैन गरेर देखाउछ । कायरले गर्नु भन्दा बढि चिच्यिाउँछ । अहिले केहिँ भारतीय मिडियामा देखिएको बर्बरावट कायरताको नमूना मात्र हो । नेपालले जारि गरेको नक्सा सत्यको आधारमा छ । नेपालले गल्ती गरेको छैन । गल्ती नगर्नुको अर्थ अरुको थिचोमिचो सहनु पर्छ भन्ने हुँदैन । सत्य सदैव शाश्वत रहन्छ । यो हेक्का भारतीय मित्रहरुले बुझिदिंदा हानि हुने छैन । जीवन र जगत बुझ्न अझ सहज हुनेछ ।

हिले भारतका केहिँ  बुद्धीजीवी भनिनेबाट हाम्रो आत्मासम्मानमा चोट पुग्नेगरि बर्बराएकाछन् । के बिगारेको छ नेपालीले? जो चोर उसैको ठूलो स्वर गरेर हुन्छ? नीतिशास्त्र अनुसार –“जो सँग सत्य हुँदैन उसले झुठको साहारा लिन्छ । जो सँग प्रमाण हुँदैन, इतिहासको ज्ञान पनि छैन , ऊ बढि बोल्छ ।” बहादुर बोल्दैन गरेर देखाउछ । कायरले गर्नु भन्दा बढि चिच्यिाउँछ । अहिले केहिँ भारतीय मिडियामा देखिएको बर्बरावट कायरताको नमूना मात्र हो ।

यतिखेर भारतीय कतिपय मित्रहरु युद्व र हतियारको दम्भ समेत देखाउँदैछन । हामी प्रति हेपाहा शैलीमा विष ओकल्दैछन । यो प्रायोजित हो कि पत्रकारिताको घिन लाग्दो संस्कार हो ? यसको निक्र्याैल भारतीय पक्षबाट हुनुपर्छ । नेपाल युद्घ चाहाँदैन । शान्तिपूर्ण बाटोबाट समाधान खोजिरहदा भारतले झ्याल ढोका थुनेर विरालो कुटेझै गर्नु हुदैन । धकेलेर भित्तामा पुर्याउँदा अस्तित्व रक्षाको लागि मानिसले विकल्प खोज्न सक्छ । यसमा महाभारतको एउटा प्रशंग सान्दर्भिक हुन्छ , जसमा शान्तिवार्ता असफल भएपछि पाण्डवहरुमा छलफल भयो । युधिष्ठिर भन्छन्–“युद्व कसरी लड्ने? कौरव शक्तिशाली छन् । उनीहरुसंग अत्याधुनिक हतियार छन् ।”तब कुन्ती भन्छिन्–“तिमीहरु पहिला युद्व लड्ने आँट त गर । तिमीसँग सत्य छ ,सत्यको अगाडि आधुनिक हतियार बेकामे हुन्छन् । शाहस नै ठूलो हतियार हो ।”कुन्तीको यो भनाइले सत्यको विजय शुनिश्चित छ । जहाँ सत्य हुन्छ त्यहाँ आत्मा विश्वास स्वतः प्राप्त हुन्छ । त्यसका लागि अहिले देखिएको अभूतपूर्व एकता खस्किन दिनु हुदैन । सरकार पनि दृढ संकल्प लिएर अघि बढ्नुपर्छ । हात हालेपछि पछि हट्नु कायरता हो । नेपाली हुतिहारा हुन सक्दैनन् ।अतिक्रमित भूमी नेपालको भइसकेकोछ । अब कहिलेदेखि भोगचलन गर्ने मात्र प्रश्न खडा भएको छ । यो तथ्य आज नेपाली धर्तीको धरातलीय यथार्थ हो । यसमा मित्रहरुको चलखेल अझै हुनसक्छ । राज्यसंयन्त्र तथा देशभक्तहरु चनाखो हुनुपर्छ । आलोचनाबाट सरकार आत्तिनु हुदैन । रचानात्मक आलोचनाले दृष्टिभ्रम हटेर जान्छ । यहाँ आफन्त र पराईको परिभाषा हुन सकेन । अगाडि चिल्लो घस्नेहरु नै पराईका ठेकेदार भएको कयौं दृष्टान्त हामीले भोगेकाछौं । सम्पतिमा राष्ट्रियता साट्न खोज्ने द्रव्यलम्पटहरु ओरिपरि सल्बलाउँदैछन् । ति तत्वलाई चिन्न सक्नुपर्छ । अन्यथा चन्द्र शेखर उपाध्याय र गजराज मिश्रका प्रेतआत्माले सदैव तर्साइरहनेछन्। यसको निरुपण हुनु आजको मुख्य चुनौति हो ।

-लेखक बिराटनगर निवासी बुद्धीजीवी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी