जातकै कारण दलितहरु मर्नु पर्ने कहिले सम्म आखिर ?

जातकै कारण दलितहरु मर्नु पर्ने कहिले सम्म आखिर ?

  • सोमवार, जेष्ठ १२, २०७७
  • तुफान सिंह कालिकोटे

  • 9.7K
    SHARES

आज २१ औ शताल्दीमा आजको समयमा , प्रेम गरेका कारण कारण नै कथित उच्च जातका मान्छेहरुले विभत्स हत्या गरेर नदीमा फ्याकीएको लाश नदीमा तैरीदै गरेको दृष्यले मन असाध्यै मर्माहत बनाएको छ । अरु पनि केही युवा मारिएको देखिन्छ भने अझै वेपत्ता केही पारीएका छन् ।
आखिर यो देशमा के दलितलाई मान्छे भएर बाँच्ने अधिकार छैन ? यसले सिंगो सभमाजको चरित्र र प्रवृति कता जादैछ ?

हार्दिक श्रद्धाञ्जली भाइ तिमी प्रति !  दोषीलाई  हदैसम्मको कानुनी कार्बाही होस । २१ औं सताब्दीसम्म आईपुग्दा पनि यो कथित ब्रह्माण्बादी सोच कहिले सम्म रहिरहने हो ?

बिगत लामो समयबाट प्रेममा रहेका जाजरकोट भेरी नगरपालिका ४ निबासी नबराज बिक र रुकुम पश्चिमकि सुस्मा मल्ल ठकुरीले राजी खुसी बिबाह गर्ने अन्तिम निणयमा पुगेपछि उनी हरुले भागी बिबाह गर्न उक्त प्रेमिका सुस्मा मल्लले फोनगरी बोलाए पछि नबराज बिक ले आफ्नो केही जना साथीहरू लिएर रुकुम आएका हुन । नबराज रुकुम आएको उक्त मल्ल परिवारले थाहा पाए पछि गाउँले हरुले नै उनीहरुमाथी निर्घात कुटपिट गरेका हुन।

र प्रेमी नबराज बिक लाई मारेर भेरिमा फालिएको थियो र भने उनका अर्का साथी टिकाराम बिक, गणेश बुढा पनि मृत फेला परेका छ्न। अन्य ३ जना अहिलेसम्म बेपत्ता भएको खबर सुन्दै गर्दा फेरि हाम्रो समाज कहाँ जादै छ ? यस्को बारेमा गम्भीरता पुर्बक कानुन कार्बाही गरिनु पर्छ दिनहुँ दलित माथी हुने यी जातीय छुवाछूतको घटनाले फेरि देशलाई जातीय युद्धमा लाने निश्चित छ ।

आखिर कहिले सम्म र कति सम्म मारिनु पर्ने जातकै कारण दलित युवाहरु दलित युवाहरूलाई कसैले मन पराउनु जगन्य अपराधनै हो त होइन भने किन मारिदै छ्न ?
यो मेरो प्रश्न हो पुर्ब खेलकुद मन्त्री दलजित श्रीपाईली कामरेड प्रसान्त र रातो कामी लाई तपाईंहरुकै गृह जिल्लामा यो दुःखद घटना भैरहदा तपाईंको सानो पनि आवाज निस्किदैन कि थाहा नै छैन ? कहाँ छ्न दलित अधिकारकर्मी हरु खोइ
नेपालमा बनेका कानुन र संविधान देखाउने मात्र हो ? या कार्यन्ँवयन पनि हुन्छ ।

दलित हरुको छातीमा बन्दुक तेर्साएर तिमीहरु सानो जात हौ तिमीहरुले छोएको पानी हामीलाई चल्दैन भन्ने मानसिक रोगी ब्राहमणबादी हरुको अन्तय हुन अती आवश्यक छ तेसैले दबिएको या दबाईएको आवाज हरु आफ्नो आफनो ठाउ बाट उठाऔ ।

एकात्मक सासन र संस्कार फेरी पनि दलित हरु लाइ लादन खोजीदैछ यसको सम्पूर्ण दलित हरुले बिरोध गरौ हामी ले हिन्दू धर्म मा रहने हो भने गर्भ गर्न पाउनु पर्छ नत्र यो धर्म मानेको केही औचित्य हुने छैन ।

केही मानसिक रोगी हरुले फेरी पनी दलितलाइ तेही शासन र संस्कार तिर लैजान खोज्दैछन यो सम्पूर्ण दलित समुदाय लाइ मान्य छैन । मानव सबै बराबर हो सबैको बराबर हक अधीकार हुन धर्म र सार्वजानिक स्थल कसैको ब्याक्तीगत पनि होइनन् ।

दस बर्ष जनयुद्ध सगैं केही परिबर्तन भएकै हो येति बेला पनि हजारौं दलितहरुले आफ्नो हक अधिकारको लागि समाजमा रहेको जातिए छुवाछूत र भेदभाबको विरुद्ध बर्ग बिभेद समाज निर्माण गर्न उल्लेखनीय भुमिका रह्यो ।

आज आएर पुन यो समाजमा बिस्तारै जातीय विभेद मौलाउदै गर्को बेला फेरि एक पटकपट यसको जराबाट नै उखेलेर फाल्न कुनै कसुर राख्नु हुदैन कानुनी राज्यको धज्जी उडाउने लाई हदै सम्म्को कार्बाही को माग गर्दछु ।

अहिले पनि ई साना साना घटनाहरुले ६५ लाख दलितहरुको आफ्नो स्वतन्त्र अधिकारलाई नै हनन्न गर्ने गरि कहिले चुलो छोएकै नाम मा मर्नु पर्ने त कहिले धारा पधेरा हुँदा हुँदा दलितले कसैलाई मन पराउदै मा उ बलि सम्म बन्नु पर्ने यो दुस्खद घडीमा फेरि देशले जातीय युद्ध निम्ताउदै छ ।
कथित क्षेत्री ब्राह्मणबादी हरुको यो रबैयाले फेरि तेहि भन्दैछ ।

ती कथित ब्राह्मणको ईशारा मा दलीतहरु चल्ने दिन गए होसियार पाखनडी हरु तिमीहरु अब चाडै आफुले गरेको बिभेद्को बारे एकपटक महसुस गर्ने कोशिस गर त्यो दिन समयले नि तिमीहरुलाई धोका दिने छ होसियार ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी