कन्चनपुर , १२ जेठ । भारतबाट गड्डाचौकी नाका भएर भोकभोकै नेपाल भित्रिएका नेपालीहरुलाई महेन्द्रनगरका मनकारी व्यक्तिहरुले खाना र पानीको व्यवस्था गरेका छन् ।
गड्डाचौकी नाका खुला गरेसंगै आज सोमबारदेखि भित्रिने हरेक नेपालीहरूलाई कन्चनपुर महेन्द्रनगरका मनकारी व्यक्तिहरुले स्वस्र्फुत ढंगले खाना र पानीको व्यवस्था गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेबी जंग बहादुर मल्ल, महेन्द्रनगरका व्यवसायीहरु दिनेश मल्ल, उमेश सुनुवार, अशोक पाण्डेय, गणेश चटौत, धिरज बोहरा , दिपेन्द्र साउँद, ब्रिज चन्द, सुशिल श्रेष्ठ, राजकुमार शर्मा, महेश जोशी, बल बहादुर खड्का, राहुल भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा अभियान दैनिकका पत्रकार लक्ष्मण तिवारी, राष्ट्रीय समाचार समीति महाकाली अन्चल प्रमुख पत्रकार शेर बहादुर सिंह लगायतको सक्रियतामा नेपालीहरुका लागि खाना र पानीको व्यवस्था गरिएको छ ।

आफ्नै लगानिमा व्यवसायीहरुले शुरु गरेको यो अभियान गड्डाचौकीबाट भित्रिने हरेक नेपालीहरूलाई आजदेखि नाका खुला हुन्जेल सम्म जारी रहनेछ, खाना र पानी अभियान कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङग बहादुर मल्लले भने, नेपाल प्रवेश गर्ने कोही पनि नागरिकहरू भोकभोकै घर जान नपर्ने बताए। हरेक व्यक्तिलाई पानी र खाना बितरण गरिरहेका छौ ।
बिहान देखी अहिले सम्म ११०० सय नेपालि मज्दुर दाजु ,भाई ,दिदीबहीनीहरूलाई खाना खुवाई सकेको व्यापारी तथा समाजसेबी दिनेश मल्ले बताए । आज गड्डाचौकी नाका भएर १५ सय जना भित्रिएका छन् ।

यो अभियान अन्तर्गत भारतबाट आउने नेपाली मात्र नभएर कञ्चनपुरको आईसिएच भवनको क्वारेन्टाईनमा रहेकाहरुलाई पनि अभियान अन्तर्गत खाना र पानीको व्यवस्था गरिने पत्रकार महासंघ कन्चनपुर साखाका पुर्वअध्यक्ष लक्ष्मण तिवारीले बताए ।
तस्बिरहरू
