नेशनल मेडिकल कलेजको अर्को लापरबाही , बिरामीमा कोरोनाको शंका लागे पछि आईसियु नै बन्द !

नेशनल मेडिकल कलेजको अर्को लापरबाही , बिरामीमा कोरोनाको शंका लागे पछि आईसियु नै बन्द !

  • सोमवार, जेष्ठ १२, २०७७
  • दिपक चौरसिया

  • 16.4K
    SHARES

पर्सा १२ जेठ । वीरगंजको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं ७ निवासी चौधरी थरका ७० वर्षीय ती वृद्धको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत गरिसकिएका वृद्धाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । ती वृद्धको पीसीआर रिपोर्ट नआउँदै अस्पतालले शव परिवारको जिम्मा लगाएर पठाएपछि आफन्तले शवको दाहसंस्कार भने ४ दिन पहिले नै गरिसकेका छन् ।
जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो । परिवारले पनि शव पाएसँगै आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ । मृतक वृद्धको पीसीर रिपोर्ट आउनुभन्दा पहिले नै शव दाह संस्कार भइसकेका कारण स्थानीय प्रशासन र चिकित्सक तनावमा परेका छन् ।

जेठ २ गते १ वजे उपचारमा ल्याउने वित्तीकै भेन्टिलेटरमा राखेर ति बृद्धको उपचार शुरु गरिएको थियो । डाक्टर समेत रहेकी अस्पतालका संचालक बसरुद्धिन अन्सारीको छोरीले ती बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिइन । क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया पनि थियो ।

आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघी उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो । तर स्वाबको रिपोर्ट आउनुअघी नै ४ गते साँढे १२ वजेतिर ति बृद्धको मृत्यु भयो ।

स्वाब संकलन गरेर रिपोर्टका लागि पठाएका व्यक्तिको रिपोर्ट आउने बेलासम्म कुर्ने धैर्यता नेशनल मेडिकल कलेजले राखेन । मृतकका छोरा मुनिन्द्र चौधरीले अस्पतालले बुबाको शब दिएपछि अन्तिम संस्कार गरेको बताए । अस्पतालले भनेको भए कुर्नु हुन्थ्यो । पिसिआर रिपोर्ट आउनु अघि नै नेशनल मेडिकल कलेजले शव आफन्तलाई जिम्मा लगाउनु नै अस्पतालले ठुलै लापरवाहि गरेको स्थानिय प्रशासनले जनाएको छ ।
नारायणी अस्पतालको प्रयोशगालाबाट रिकन्फमरेशनका लागि काठमाडाँै पठाइएको स्वाबको रिपोर्ट पनि सोमबार पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
‘मेडिकल कलेजबाट जेठ २ प्राप्त स्वाबको नारायणीमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज गरेनौँ’ डा।उपाध्यायले भने । त्यसैले पुनः निश्चित गर्नका लागि जेठ ७ मा काठमाडौंमा नमुना पठाइएको र त्यहाँ २ पटकसम्म पोजेटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरिएको उनले बताए ।
बिरगंजमा गरिएको परिक्षणको रिपोर्ट थाहा पाएपछि आफ्नै लापरवाहिका कारण नेशनल मेडिकल कलेज समस्यामा परेको छ । कलेज प्रसासनले कोरोना संक्रमित विरामीकै कारणले आइसीयू बन्द गरेको भन्न पनि नसक्ने र संचालनमा ल्याउन पनि नसक्ने अवस्था भएपछि अस्पतालका निर्देशक प्राध्यापक डाक्टर प्रमोद कुमार शर्राफले एक सूचना निकालेर ३ दिनका लागि नयाँ विरामी नलिने जानकारी दिएका छन् ।
सर्राफले प्रत्येक तीन महिनामा फ्युमीगेशन गर्नुपर्ने भएको कारण देखाउँदै शुक्रवारदेखि ३ दिनसम्म नयाँ विरामी नलिने जानकारी गराएका हुन् । अस्पताल प्रशासनले आइसीयू बन्द गर्ने निर्णय तिनै बृद्धको उपचारसँग सम्वन्धित भएकै कारण रहेको अस्पताल स्रोतले बताएको छ ।

उपचारमा संलग्न रहेकी अन्सारीको डाक्टर छोरी अस्पतालमै सेल्फ आइसोलेशनमा छिन् । अन्सारीले अहिलेसम्म मृतक व्यक्तिको स्वाब परिक्षणको रिपोर्ट अस्पतालमा प्राप्त नभएको बताए ।
यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । समाचार तयार पार्दा सम्मा स्थानिय प्रहरी प्रशासनको बैठक चलिरहेकोले नेशनल मेडिकल कलेजलाई सिल गर्ने वा नगर्ने निर्णय हुन नसकेको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ