भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार

भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भक्तपुर, १२ जेठ । भक्तपुरमा किशोरीमाथि सामुहिक बलात्कार भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् ।

यहि जेठ ८ गते भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं.६ पुरानो थिमि बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । किशोरीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएर रोहितले जबरजस्ती बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि किशोरी कोठाबाट भाग्न खोज्दा नदिएर साथीहरुलाई समेत बोलाएको र रातभरी आफुमाथि बलात्कार भएको पीडित युवतीले प्रहरी समक्ष बताएकी छिन् ।

गिरीले अन्य ४ जना साथीलाई समेत आफ्नो कोठामा बोलाई सबैले पालैपालो रातभरी करणी गरी भागेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताएका छन् ।

किशोरीले ९ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएकी थिईन् । उजुरी परेलगत्तै प्रहरीले हुलिया र विवरणका आधारमा निजहरु भाग्न उम्किन सक्ने सम्पूर्ण स्थानहरुमा खोजतलास गरेको थियो ।
सो क्रममा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका स्थायी घर भई मध्यपुरथिमि नगरपालिका वडा नं. ६ पुरानो थिमी बस्ने बर्ष २९ को कवाङ लामालाई प्रहरीले पक्राउ गरेको हो । लामा पुरानो थिमीमा लुकीछिपी बसेको अवस्थामा ९ गते पक्राउ गरी ११ गते भक्तपुर जिल्ला अदालतबाट दिन १० को म्याद थप गरि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।  फरार रहेका रोहित गिरी लगायतको खोजी कार्य भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ