भरतपुर अस्पतालको आईसियुमा रहेका एक बिरामीको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

भरतपुर अस्पतालको आईसियुमा रहेका एक बिरामीको मृत्यु, पिसिआर रिपोर्ट आउन बाँकी

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

भरतपुर जेष्ठ १२ । चितवनको भरतपुर अस्पतालको आईसीयुमा एक बिरामीको मृत्यु भएको छ । छाती दुख्ने, वान्ता हुने, स्वास फेर्न ग्राहो हुने लगायतको समस्या भए पछि बुटवलमा भर्ना भएका उनलाई रिफर गरे पछि भरतपुर ल्याईएको थियो ।
बुटवलबाट रिफर भएर आएका ४८ बर्षका पुरुषको  अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।

राति साढे १२ बजेतिर गम्भिर अवस्थामा अस्पताल ल्याइएका उनको गएराति नै मृत्यु भएको डा श्रीराम तिवारीले  जानकारी दिए ।

उनको पिसिआर रिपोर्ट नआउन्जेल भन्दै शब त्यही राखिएको छ । पिसिआर रिपोर्ट बुवटलबाट आजै आउने संभावना रहेको बताईएको छ ।

नवलपरासीको रामग्राम–५ का उनलाई बुटवल सिटी अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि त्यहाँबाट भरतपुर रिफर गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ