सत्ताको विरोध गर्ने, सरकारको विरोध गर्नेहरुमाथि अरिंगाल बनेर जाईलाग्नुस्, अरिंगालको जत्ति बुद्धि छ कि छैन ? ०७६ साल भदौ १२ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले देशी विदेशी सरकारको विरोध गर्ने प्रतिकृयावादीहरुलाई जाईलाग्न निर्देशन दिए यता त्यस पार्टीका कार्यकर्तालाई अरिंगालको संज्ञा अरुले हैन बुद्धीजीवीहरले दिईरहेका छन् ।
हालै नेकपाको अरिंगाल सेनाको परिभाषा भित्र पर्ने अखिलका अध्यक्ष ऐन महरले सामाजिक सञ्जालमा जनताको दुष्मन विप्लव र बाबुराम हुन् भनेर घोषणा गरे पछि यो अरिगाल प्रवृतिका बारेमा केही बोल्नै पर्ने भयो ।
यो अरिंगाल प्रविृत बास्तवमा कम्युनिष्ट शिक्षा, नैतिकता र बर्ग संघर्षको आधारभुत मान्यता प्रतिकुल छ , यसले आफ्नो स्वार्थको प्रतिरक्षाको लागि आक्रामक बन्न सिकाउछ , सत्यको पक्षपोषण होईन, आलोचना स्वीकार गर्ने हैन , समुहगत स्वार्थको रक्षाका लागि उत्तेजक बन्ने बनाउने यो प्रवृति मुलतः समुन्नत र समृद्ध समाजको निर्माणलाई नै प्रतिकुल बनाउने दिशातिर लाने खालको छ ।
यो अरिंगाल प्रवृतिले के देखिरहेको छ भने सत्तामा रहेको नेकपा बाहेक सबै शत्रु वा प्रतिकृयावादी हो । बाबुराम देशद्रोही हो, विप्लव आतंकवादी हो, काँग्रेस थयास्थितिवादी प्रतिपक्षी हो , मधशी राजनीति दलहरु र तिनका नेताहरु त अझ शायद नेपाली हैनन् , भन्ने त्यस समुहका मान्छेले सोचिरहेका छन् भन्ने कुरा उनीहरुको सार्वजनिक प्रतिकृयाहरु हेर्दा देखिन्छ ।
तर एउटा सामाजिक राजनीतिक ऐना राख्नु पर्ने भयो , ती अरिंगालहरुका लागि । अरिंगाल सेनाको नेतृत्व गर्नेहरुको सत्ता सम्हाले पछि दुई बर्ष भन्दा बढीको अबधिमा देशमा बैदेशिक रिणको भार बढीरहेको छ , मुखले समाजवादतिर जाने भन्ने अनि ह्वील चेयरमा जीवन बिताउने, एकल महिला, असक्तहरुको भत्ता कटाउने ? अनि निर्वाचन लड्दा गरेको खर्च र रिण उठाउने मौका प्रदान गर्ने भनेर आलोचना भईरहेको संसद विकास कोषमा प्रत्यक सांसदलाई ६ करोड रुपैयामा एकै रुपैया नघटाउने ?
भारतदेखि साउदी सम्म नेता सासद सरकारी कर्मचारीको सेवा सुविधा, भत्ता काटेर सार्वजनिक कोषमा लगाएर अर्थतन्त्र रक्षा गर्न खोजिदैछ । तर अहँ हाम्रोमा कसैले एक महिना कसैले १५ दिनको तलब दिने भनेका छन् , बाकीँ कुरै छैन । जता पनि भत्ताको कुरा छ , यो महामारीमा पनि संसद बैठकका बेला भत्ता लिने काम चलिनै रहेको श शायद । यो कस्तो समृद्धितिर हौ अरिंगाल कामरेडहरु ।
साच्चै देशको अरिंगाल सेना हो भने ७० करोड कुम्ल्याउन साउती गर्ने गोकुललाई टोक्नु पर्ने हैन ? स्वास्थ्य सामाग्रीमा महामारीका बेला प्रचलित मुल्य भन्दा बढी रकम तिर्ने तिराउने को को हो ? यसमा संलग्नहरुबारे अरिंगाल किन कराउदैन ?
समाजवादतिर जाने भन्ने अनि सरकारी सार्वजनिक जग्गा यति समुह देखि विभिन्न समुहको पोल्टामा लिजका नाममा दिने ? सुत्केरी र बिरामीको हेलिकप्टरबाट उद्धार गर्न मुस्किल छ तर प्रधानमन्त्रीको जन्मदिनका केक बोक्न कतिवटा हेलिकप्टर हो ?
हो समाजवाद भनेको जनता र शासकको बीचमा भिन्नता कम गर्ने हो । नेता मन्त्रीका लागि जे सुविधा हुने जनताका लागि केही नै नहुने , न गाँस, न कपास, न वास, न स्वास्थ्य न शिक्षा भए पछि के हुन्छ ?
ऐन जी तपाई अखिलको अध्यक्ष नारा त गीत त गाउनु हुन्छ , अखिलको झण्डा रगतले रंगीएको रातो , त्यो रातो झण्डा रंग्याउनेहरुले कस्तो शिक्षाका लागि रगत बगाएका थिए ?
आज ठूला मेडिकल कलेज, नामालुलक निजी शिक्षण संस्था, अस्पता चलाउनेहरु त्यही कम्युनिष्ट पार्टीको नेता बनिरहेका छन् र तपाईहरु उनीहरुका रक्षक ? कहिले सम्म जनतालाई भ्रमित पारीदिने ? अरु नेताका बारेमा कति छन् कति कुरा अब धेरै चर्चा यहाँ संभव छैन । जनताले नियालिहाल्छन् ।
यति कुरा याद राख्नु पर्छ मानव समाजको आज सम्मको ईतिहास भनेको बर्ग संघर्षको ईतिहास हो ।
अरिंगाल सेनालाई माहुरी सेनामा बदल्न सुझाव दिने बाबुराम भट्टराईलाई श्रदाञ्जली नै लेख्ने ऐन महर नै हुन् भनेर आएको थियो मिडियामा । सामाजिक सञ्जालमा जथाभावी लेखेको भनेर बाबुराम भट्टराई बिरुद्ध उजुरी गरी हिड्ने ऐन महरले लेखेको स्टाटस चाहीँ कार्बाहीको बिषय बन्छ कि बन्दैन ?
हिजो गणतन्त्रका लागि , समाज परिवर्तनका लागि माओवादीले जनयुद्ध थाल्दै गर्दा माओवादीलाई आतकवादी, जनताको दुष्मन देख्ने ऐन जस्ताका गुरुहरु राजाको पाउमा लम्पसार पर्दै थिए कि थिएनन् ? अनि पश्चिमबाट सूर्य उदाउछ भन्दै महाकाली भारतलाई बुझाए पछि देशले के पायो के गुमायो ? प्रश्न सबैले बुझिहाल्छन् । अनि राष्ट्रघाती देशद्रोही दलाल अरुलाई देख्ने , अनि आफूहरु सत्तामा बसेर भ्रष्टलाई पनि काँधमा हालेकै छ, ७० करोडको साउती गर्नेलाई पनि बोेकेकै छ । यो के नेकपालाई यसैका लागि भोट दिएको हो जनताले ?
विप्लव बावुरामहरु जनताका दुष्मन हुन भन्ने हिजो देशमा निरुङकुश राजतन्त्रको अन्त्य गणतन्त्र ल्याउन आँफनो जिवन देश जनताको निम्ती बलीदान दिन बाबुराम बिप्लवहरु महान जनयुद्धमा होमी रहँदा आजक ातिम्रा नेता केपीओली र तीमीहरु कुनदुलोमा लुकेका थिर्यौं ? त्यति वेला तिमीहरु हैन शहरमा लुकेर माओवादीको खोईरो खन्ने र समाप्त पार्न षड्यन्त्र गरेको हो कि हैन ? जनता गणतन्त्रका लागि बलिदान दिदै गर्दा ओली माधवहरु राजा ज्ञोन्द्रको पाउमा ढोग्दै गरेको तस्वीर अझै सुरक्षित होला । गाउँदेखीशहरसम्म गणतन्त्रको नारा लाग्दै गर्दा तिम्रो नेता के पिओलीहोइनन देशमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरीकाजान ुजस्तै हो भन्ने । अनि अहिले केपी ओली जति अरु गणतन्त्रवादी कोही देख्न छाड्ने ?
अरबौँ फाईदा हुन्छ भनेर भ्रमि पारीएको महाकाली सन्धीमा हस्ताक्षेर गर्ने आज त्यही महाकाली सन्धीले गर्दा धनजनको क्षति ब्यहोर्न नेपाली बाध्यछन् ।
निरुङकुश राजतन्त्रको विरुद्ध धावाबोल्ने जननेतामदन भण्डारीलाई षढ्यन्त्रपुर्वक हत्या गरीयो पाटी पटक पटक मदनभण्डारीको विचारले सत्तामा गएको छ । राष्ट्रपति देखि प्रधानमन्त्री सम्म र सदनमा अधिकतम बहुमत छ , तर खै आफ्नै नेताको हत्यारा खोज्न केही पहल भएको छ ? आज जनयुद्धकै कारण तिम्रा पार्टीका नेता राष्ट्रपति प्रधानमन्त्री हुन पाएका छन् ।
गणतन्त्र पछि सवै भन्दा बढी सत्ता र सरकारकाभएको पाटी तत्तकालीन एमाले नै होला तिम्रा नेता पाटी सत्ताभन्दाबाहीर बस्नु भनेको पानी विना माछा जस्तै हुन्छन् । अहिले सम्म कम्युनिष्ट सरकारले जनताको पक्षमा के के नयाँकाम गरेको छ एक एक गरेर भन्दा राम्रो हुने थियो एन महर जि ? विप्लवले चन्दा आतङक मच्चायो भन्नु हुन्छ अहिले सम्मचन्दा नउठाएर चलेको पाटी संगठन कुन छ ? सवैले चन्दालिने गर्छन यति फरक छ संसदवादी सत्ताधारीहरु जनताका एजेन्डा लिएर ठेकादार र माफीया संग जनताको अधिकार र मुद्धालाई बेचेर काठमान्डौमा महल ठड्याउछौ । विप्लवहरु दलाल र भ्रष्टहरु संग चन्दामागर संघर्ष, क्रान्ति समाज र परिवर्तनका लागि खर्च गरीरहेका छन् । सत्ताधारीहरु जनताले तिरेको कर र विदेशबाट युवाहरुले पठाएको रेमीट्यान्समा कमिसन, बार्गेनिङ र भ्रष्टाचार गर्छन् । तर विद्रोहीहरु व्यापारी व्यवशायीसँग मागेर सघर्ष गछन् । अनि विप्लव जनताको कसरी दुष्मन ?
तसर्थ ऐन महरहरुको यो दृष्टिकोण, अल्पज्ञान, स्वार्थमाथि धक्का पुग्ने महसुस् भएका कारणले या भोली अब बिस्तारै जनता राज्यसत्तासगँ असन्तुष्ट हुदै गएको यो परिवेशमा अब बिद्रोह हुने र त्यसको नेतृत्व विप्लवले गरे भने के हुन्छ ? भन्ने चिन्ता अहिले नै लागेको हो कि कसो हो ?
त्यो कुरा ऐन महरहरुले चिन्ता गरे पनि नगरे पनि संभव छ । ढिलो चाँडो देशमा जनताको बिद्रोह हुन्छ । विप्लवले गर्न सक्छन् , भोली विप्लवले गरेनन् भने अर्को पुस्ताले पनि गर्न सक्छ तर तर क्रान्ति अवस्यमभावी छ । विद्रोह हुन्छ । समाज परिवर्तनका लागि देशमा लामो समय देखि पटक पटक विद्रोह भएका छन् , आन्दोलन भएका छन् ।
महान जनयुद्ध र जनआन्दोल बाट गणतन्त्र स्थापनाभएसंगै गणतन्त्रलाइ दलालपुजिपतिहरुले बिच बाटोमा अपरण गरेका छन र आज गणतनत्र र नक्कली संघियता संविधान घोषणा गरेर जनतालाइ पुरानै यथास्थीतिमा पु¥याएका छन । जनतालाई भ्रमित गराएर गाउँगाउँमा सिंहदरवार आएको छ भन्दै घर घरमा भ्रष्टचार फैलाएका छन । देशमा भ्रष्टचार,कमीसनले, कालोबजारीले जालो बढेको अवस्था छ । बलात्कार हत्या हिंस्सा चोरी डकैतिअपरण जस्ता घटना दिनदिनै बढेको अवस्था छ । शिक्षा स्वास्थ्य संस्थाहरु बेरोजगार उत्पादन गर्ने कम्पनि भएका छन ।
यति वेला झन विश्व कोरोनाले देशको अर्थतन्त्र तहसनहस छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरुको घरमाचुलो बल्न छोडेको छ ।
रोजगारी गुमेर बाटोमाअलपत्र परेकानागरीकहरु सिमापारी बाट सरकार आफ्नो देश लैजाभनेर गुहारीरहेका छन । रोगले भन्दाभोकले मान्छे आकुल व्याकुल भएका छन् । कोरोना संक्रमितलाई उपचार गर्नको साटो निजि मेडिकल अस्पतालहरु ढोकाबन्द गरेर बसेका छन ,सरकार जनतालाइ उपचार गर्न नसकेर राज्यको जिम्मेवारी बाट भाग्दैछ, त्यसैको परिमाण शुल्कतिरेर निजि हस्पीटल हरुलाई उपचार गर्ने जिम्मामा दिनु हो । भारतले सिमामिचेर नेपालको सार्भौसत्तामाथिनाङगो हस्तक्षेप गरेको छ । सिमाना बस्ने नागरीकले आफ्नो चेली बलतकृत भएको टुलुटलु हेरर बस्नु परेको छ । चुनावजितेर जनताको सेवा गर्छु भनेर गएकाजनप्रतिनिधीहरु आजको मन्त्रीबन्ने को कहाँकति भ्रष्टचार गर्नेआफ्नो गुट र सत्ता कसरी टिकाउने भन्ने खेलमा छन । यो कुरा आम नेपाली जनतालाइ थाहा भएको कुरा हो । यीआम नेपाली जनताको समस्यालाइ लिएर नेकपाविप्लव पार्टीले दलाल राज्यसत्ताको विरुद्ध आन्दोलनगर्दै आएको छ । सरकारले यहीआन्दोलन र जनताको अधिकारलाइ दवाउनको लागि झुटो आरोप लगाएर आफैले बनाएको नागरीकहक सम्बन्धी संविधानको धज्जी उडाउँदै प्रतिवन्ध लगाएको छ र हजारौं कार्यकर्तालाई झुटो मुद्दा लगाएर जेलमा हालेको छ । के यही अवस्था देख्नको लागी जनताले लडेर गणतन्त्र ल्याएका हुन ? जनतालाइ खान देउ, शिक्षा स्वास्थ्य निशुल्क गर भ्रष्टचारीलाइ काबार्ही गर बलात्कार हत्या हिंसा अन्त्य गर नागरीकलाइ स्वतन्त्र र सुरक्षीत बाच्न देउ । देशमा रराष्ट्रिय उद्योग स्थापना गर भारत संग गरेका राष्टघाती, सन्धी र सम्झौताखारेज गर, नेपालमा नै बेरोजगार युवाहरुलाइ रोगारी देउ सिमा सुरक्षाकायम गर भन्दा कसरी विप्लव पार्टी आताङकारी भयो र जनताको दुस्मन भयो ?
के जनताले राज्यले गरेका सबै जनविरोधी कर्महरु स्वीकार गरेर बोकेर हिड्नु पर्ने ? दलाल र सरकारको जय जयकार गरेर हिड्नु पर्ने ? के यो गणतन्त्र हो की निरुकुस तानाशाह हो ? जनताले चुनावमा दिएको सटिफीकेट बोकेर जनतको विरद्धमा भ्रम छर्न र जनताले तिरेको करमा भत्ता खाएर जनताको अधिकारमा प्रतिवन्ध लगाउन लाज लाग्दैन ? यस्ता भ्रबाट ऐन महर र अरुहरु मुक्त भएको राम्रो । परिवर्तनका लागि जहाँ पनि संघर्ष हुन्छ, जनताका बाधकहरलाई जनताले नै आन्दोलनको बलमा पन्छाएर जान्छन्, सत्यको जीत हुन्छ, क्रान्तिको जीत हुन्छ । वैज्ञानिक समाजवादको विकल्प छैन ।