कञ्चनपुर , ११ जेठ । विश्वव्यापी रुपमा फैलिएको महामारी ूकोभिड ९१९ू कोरोना भाइरसले विश्व नै त्रसित भएको बेलामा प्रवासी नेपाली नागरिकको सिमानामा अलपत्र परेको समयलाई मध्यनजर गर्दै पश्चिमिनाका खोल्नुका साथै लकडाउनमा थप कडाइ गरिने छ। भोली जेठ १२ गते देखि कञ्चनपुरमा लक डाउनमा थप कडाई गरिनुका साथै पश्चिमी सिमानाका मुल बाउडर प्रवेशमा प्रयोग गरिने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालयका प्रमुख नुरहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरी पुर्ण रुपमा औषधीपचार बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

विभिन्न सिमानाकाबाट प्रवासी नेपाली नागरिकहरु दुख कष्टका साथ लुकिछिपी भित्रिने क्रम नरोकिएको कारण यो विषमपरिस्थितिमा उनिहरुलाई व्यवस्थित रुपमा भित्र्याउनका लागि पश्चिमीसिमा गड्डाचौकि नाका खोल्न आवश्यक भएको बताउदै नाका खोलिने प्रशासनले जनाएको छ ।
निरन्तर अब उपरान्त भारतबाट नेपाल भित्रिने प्रवासी नेपाली नागरिकहरुको स्वस्थ्य परिक्षणका साथै विवरण संकलन गरि व्यवस्थित रुपमा उनिहरुको स्थायी ठेगाना सम्म पुर्याउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
सिमानाका गड्डाचौकीबाट भित्रिनेहरु बाट कोरोना संक्रमणको जोखिम अत्यन्तै बढी भएकाले भोलीबाट जिल्लामा लक डाउन थप कडाइ गरिने भएको र औषधोपचार बाहेकका सम्पुर्ण व्यापार व्यवसाय तरकारी बजार फलफुल तथा खाद्यान्न पसलहरु अर्को व्यवस्था नभए सम्मका लागि पुर्ण रुपमा बन्द गर्ने बैठक बाट निर्णय गरिएको हो ।
