सहयोद्धा प्रज्वल शाही अमर रहुन….

सहयोद्धा प्रज्वल शाही अमर रहुन….

  • आइतवार, जेष्ठ ११, २०७७
  • -तुफान सिंह कालिकोटे

  • 12.8K
    SHARES

तपाईंको स्मृति दिबस आउदै गर्दा त्यही दिनको झल्कोले मलाई अत्याउदै छ पिैय कमरेड पार्टीको केन्द्रिय कार्यक्रम अनुसार तपाईं हामी आफ्नै आफ्नै कार्यक्षेत्रमा थियौँ ।पार्टीमाथि प्रतिवन्ध लगाएको एवं दमनका विभिन्न घटना विरद्ध जेष्ठ १३ गते बन्द आव्हान गरिएको थियो ।  । जेष्ठ १२ को बन्द सफल पार्न हामी सबै आ आफ्नो कार्यक्षेत्र र जिम्मेवारीमा थियौँ । म कालिकोट बाट बन्द सफल पार्न आठ बिसकोट नगरपालिका दैलेख जाँदै गर्दा म दैलेख र कालिकोट जिल्ला सुभकालिका १ को लेख क्रस गर्दै थिँए एक्कासि फोन आयो ईन्टरनेटले राम्रोसँग काम गरिरहेको थिएन । म्यासेन्जरमा कल आयो । त्यो कल सामाना परिवारकि केन्द्रिय कलाकार बैनी प्रस्तुतीले गर्नु भएको थियो । मैले राम्रोसँग सुनिरहेको थिएन लगत्तै नम्बरमा कल गरे र मैले केछ बैनी भोलिको कार्यक्रमको तयारी भन्दै सोध्दै थिँए । बैनिले दाई आजको कस्तो दुस्खद घटना घट्यो मलाई त बिश्वास लागेको छैन केहो भन्नू त दाई भन्दै गर्दा म आफै छक्क परेँ ।

काठमाडौमा प्रज्वल लगायत हाम्रो ४ जना साथीहरुको….भयो भन्ने खबर छ दाई भन्नू भयो मेरो सबै दिमागले काम गर्न छोडिसकेको थियो । मैले हतार हतार फोन राख्न लाए र साथीहरूलाई बुज्दै थिए एकैचोटी देशनै हलचल भयो केन्द्रिय स्थानीय मिडियाहरुबाट देशभरी समाचार प्रसारण भयो हामी सबै शोकमा डुब्यौँ ।

पछिल्लो दिनको हाम्रो पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बन्दको कार्यक्रम सफल पार्नु हाम्रो कर्तव्य थियो । यति कुरा गर्दै गर्दै हामी दैलेख पुग्यौँ । साथीहरु सबै निराश थिए । सम्झाउदै भने, कामरेड अब उहाँहरु बाकी जिम्मेवारी तपाईं हाम्रो काधमा आएको छ अब निराश अझ प्रतिवद्ध भएर एकीकृत जनक्रान्तिका हाम्रा महान सहिद हरुको सपनालाई पुरा गर्न जस्तो चुनौती को पनि हामी सामना गर्न तयारी हुने बेला हो भन्दै साथीहरूलाई सम्झाईयो ।
तर आफ्नो मन भित्र कस्तो पीडा भएको थियो मलाई मात्रै थाहा थियो म्भबच कामरेड तर पनि त्यो पीडा बाहिर देखाउदिन भन्दा भन्दै पनि मेरो मलिन अनुहार बाट नै थाहा हुन्थ्यो प्रष्ट पिडा ।

अर्को दिन हामी पुरै रोड बल्कमा बसिरहेका थियौ जस्तोसुकै चुनौतीको सामाना गर्नु पर्छ भन्ने नै थियो टोलि कालिकोट र दैलेख को सिमाना दैखोलामा आर्क मिलाएर राखियो । तर हाम्रो बन्दलाई पुण सफल पार्न नेपाल प्रहरी र सम्पुर्ण यातायात व्यावसायिक ले सयोग गर्नु भयो । देशभर हाम्रो बन्द सफल भयो । बिडम्बना कामरेड हरुको दुर्घटना र शहादतको घटनाले मन भतभति पोलिरहेके थियो ।
कामरेड ईमानदार सरल, नम्र सालिन ,यस्ता कामरेडहरुलाई गुमाउनुको त्यो पिडा पार्टीलाई छ्दै छ । झन आमा बुवा ,ती साना साना भाइ बैनी,हरुको पीडा कति हो कति त्यो उहाँहरुलाई मात्रै थाहा छ । कामरेड तपाईं हाम्रो मनमुटुमा जहिले पनि रहिरहनु हुने छ । तपाईं सहिद भएर गए पनि त्यो आदर्श र विचारले हामी लाई पछ्याउँदै छ ।

तपाईंहरुको अधुरो सपनाहरुलाई कुनैपनी हालतमा हामीले पूरा गरे रै छाड्ने छौ । कामरेड एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजवाद को यो महान यात्रामा हाम्रो जित निश्चित छ तपाईं महान सहिदहरुको रगतको एक एक मुल्य उठाउने छौ । महान सहिदहरु अमर रहुन !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी