बिहानै देखि चल्छ पाखुरो चल्न त भएर काम के गर्नु ।
सक्दैन दुई छाक भर्न भुन्टेको भुँडी ,भएर दाम के गर्नु ।
छ न त छ हजुर मेरो पनि रहर मुसुक्क मुस्कुराउँने ,
कोठरीमा नै थुनियो जीवन ,बाहिर भएर घाम के गर्नु ।
साम्प्रदायिक किराहरुले नै निलिसके मुख्य मुख्य अंग ,
खाली टोपी सगरमाथाको अनि नेपाल भएर नाम के गर्नु।
काम आउने ठाउँमा जन्मिनु पनि ठूलो कुरा रहेछ यहाँ ,
ठेलीमै चुपचाप थन्किरहनु पर्ने यो भएर लगाम के गर्नु ।
सिमानामा फसेका खाली मजदुर हुन् सरकार चिन्ता नगर्नुस् ,
बिना मतपेटिका मताधिकारीको भएर जोरजाम के गर्नु ।
-गोर्खा नेपाल हाल : न्युजिल्यान्ड
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline